देश संकटमा रहेको बेला एकाएक देउवाको राजनीतिक सक्रियता, गर्न के खोज्दैछन् ?

Advertisement

काठमाडौं । कोरोना भाइरसको महामारीले नेपाल संकटमा रहेको बेला प्रमुख प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर देउवाले एकाएक राजनीतिक सक्रियता देखाउन थालेका छन् । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको रणनीति बनाउनु पर्यो भन्दै देउवाले पूर्वप्रधानमन्त्रीहरुलाई एकएक गरी टेलिफोन गरेका छन् ।

त्यस्तो रणनीति बनाउन बसेर छलफल गर्नुपर्ने देउवाको आग्रह छ । उनले पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, लोकेन्द्रबहादुर चन्द, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र मन्त्रिपरिषद पूर्वअध्यक्ष खिलराज रेग्मीलाई टेलिफोन गरेको जानकारी उनका सहयोगी भानु देउवाले बताएका छन् ।

भानुका अनुसार कोरोना संक्रमणको महामारीबाट नेपालीलाई जोगाउन गम्भीर भएर अघि बढ्न सभापति देउवाले टेलिफोन गरेका हुन् । यस विषयमा केही दिनमै बैठक बसेर विस्तृतमा छलफल गर्ने जनाइएको छ । देउवाकै विश्वासपात्र प्रकाशशरण महतले मध्यावधि चुनावको कुरा उठाइरहेको बेला प्रधानमन्त्रीको सट्टा उनले राजनीतिक सक्रियता देखाएका हुन् ।

Advertisement

Advertisement

Advertisement