युनिग्लोव कलेजले अनलाइन मार्फत सञ्चालन गर्यो नियमित र गेष्ट लेक्चर कक्षा

Advertisement

काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित युनिग्लोव कलेजले आफ्ना विद्यार्थीहरुलाई नियमित कक्षा देखि गेष्ट लेक्चर कक्षा समेत अनलाईन मार्फत गराउँदै आएको छ ।

अहिलेको विषम परिस्थिति कारण हाल नेपालमा सबै शिक्षण संस्थाहरु बन्द भए लगत्तै भर्चुअल कक्षा सञ्चालनमा ल्याएको र हाल सम्म विविए, विविए.–विआई, एमविए र एमविए–फाइनान्स कार्यक्रममा २५ प्राध्यापकहरुद्वारा ७० वटा भन्दा बढी कक्षाहरु सञ्चालन गरिसकेको कलेजका प्रार्चाय डा.नरबहादुर बिष्टले जानकारी दिए ।

उक्त कक्षाहरु भर्चुअल सेवा प्रदायक जुम तथा गुगल मीट मार्फत सञ्चालन गरिएको र यस्तो संक्रमणकालिन परिस्थितिमा पनि अत्यन्तै उत्साहित भई भर्चुअल कक्षामा विद्यार्थीहरुको बाक्लो उपस्थिति हुनुका साथै यसले उनीहरुको अध्ययनमा अत्यन्तै सहयोग पुर्याएको बताए ।

कलेजका कार्यक्रम निर्देशक अनन्तराज घिमिरेका अनुसार युनिग्लोव कलेजले भर्चुअल कक्षा मात्र नभई विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरी अनलाईन मार्फत गेष्ट लेक्चर कार्यक्रम पनि गर्दै आएको छ । त्यसै क्रममा आइतबार पनि राष्ट्रिय बाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठले अबका दिनमा नेपालको आर्थिक स्थिती, चुनौती र समाधानका सम्भाव्यताहरुमा नेपालका बैंकिङ्ग क्षेत्रको भुमिकाको विषयमा एमविए र एमविए–फाइनान्स कार्यक्रममा अध्ययनरत विद्यार्थीहरु तथा कलेजका प्रशासनिक कर्मचारीहरुलाई कक्षा लिएका थिए ।

कार्यक्रम निर्देशक घिमिरेको अनुसार हालको कोरोना महामारीको यस्तो अवस्थामा पनि यसबाट विद्यार्थीहरुले आफ्नो नियमित कोर्ष मात्र नभई विभिन्न क्षेत्रको विशिष्ट व्यक्तित्वहरुको अनुभव र प्रयोगात्मक अभ्यास पनि प्राप्त गरेको बताए । एमविए र विविए कार्यक्रम निर्देशकहरुका अनुसार विद्यार्थीहरुमा मात्र नभई अविभावकहरु पनि यस्ता कक्षामा सहभागि भएको र आफ्ना छोराछोरीहरुले अध्ययन गरिरहेका कक्षाहरुको प्रत्यक्ष अवलोकन गर्न पाउँदा निकै उत्साहित रहेको बताए ।

यसरी अनलाइनमा कक्षा सञ्चालन गर्दा कस्तो लाग्यो र आगामी दिनमा यस्तो प्रणालीलाई अझ उपयुक्त बनाउन के गर्नुपर्छ ? भनि सोधिएको प्रश्नमा एमविएमा अध्ययरत छात्रा कृष्णमाया काफ्लेले भनिन अनलाइन प्रविधि मार्फत भइरहेको अध्ययनबाट आफु निकै उत्साहित रहेको र यस्तो अध्ययनले प्रविधिमैत्री बनाउनुको साथसाथै कोरोना महामारीको यस्तो भयावह अवस्थामा पनि घरमै बसेर निर्धक्क सँग नियमित कक्षाहरु पठनपाठन गर्न पाउँदा निकै फलदायी भएको बताईन् ।

अनलाइनमा पढ्दा बुझ्न पनि सहज रहेको र प्रश्नोत्तर गरी सहभागीमुलक अध्ययन अध्यापनलाई पनि सजिलो बनाउनुको साथै अब्बल शिक्षकहरुबाट आवश्यक शैक्षिक साम्रागीहरु समयमै उपलब्ध भएको कारणले आफु जानकार एवम् अभ्यस्त बन्न सहज भएको उनले बताईन् ।

कलेजका प्राचार्य डा.बिष्टले आगामी दिनमा युनिग्लोव कलेजले विभिन्न सेमिनार, वर्कसप, प्यानल डिस्कसन, टक सो लगायतका कार्यक्रम पनि अनलाइन मार्फत चाँडै नै गरिने बताए । यस्ता प्रयासले विद्यार्थीहरुको मनोवल उच्च राख्नुको साथै विद्यार्थीहरुको अध्ययन अध्यापनमा पनि विशेष मद्दत मिल्ने साथै आजको प्रविधिको युगमा प्रविधिमैत्री भई उचित सदुपयोग गर्न युनिग्लोव कलेज तत्पर रहेको डा.बिष्टले बताए ।

Advertisement

Advertisement

Advertisement