लकडाउन उल्लङ्घन गर्ने एक हजार ८०० लाई कारवाही

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यकामा लकडाउन उल्लङ्न गर्ने ४५२ महिलासहित एक हजार ८०७ जनालाई आज कारवाही गरिएको छ । आज दिनभर २४० दुईपाङ्ग्रे र नौ चारपाङग्रे गरी २४९ वटा सवारीसाधनलाई पनि नियन्त्रणमा लिएर कारवाही गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

काठमाडौँबाट एक हजार ३८६, ललितपुरबाट २२४ र भक्तपुरबाट १७८ जनालाई नियन्त्रणमा लिएको हो । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर लकडाउनको आदेश जारी गरेको थियो ।

उक्त आदेश उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाका बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement