विदेशमा रहेका नेपालीको समस्या गैरआवासीय नेपाली संघले समाधान गर्ने

Advertisement

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विदेशमा रहेका नेपालीको समस्या समाधान गर्ने बताएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट प्रभावित विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न आफूहरु केन्द्रित हुने भन्दै संघको आइतबार बसेको संघको पदाधिकारी बैठकले निर्णय गरेको छ ।

बैठकले नेपाल सरकारलाई तत्काल एक करोड ६२ लाख रुपियाँ बराबरको कोभिड–१९ विरुद्ध लड्न भौतिक सामग्री दिने निर्णय गरेको छ । संकलन भएको बाँकी आर्थिक तथा भौतिक सामग्री संघले विदेशस्थित कोरोना संक्रमित नेपालीलाई सहयोग गर्ने निर्णय गरेको छ । बैठकले विदेशमा रहेका कोरोना भाइरस संक्रमितका लागि आवश्यक सहयोग गर्न आफ्ना गतिविधिलाई तीब्रता दिने निर्णयसमेत गरेको छ ।

बैठकले कोरोना पीडितका लागि आर्थिक सहयोग गर्न अनलाइन प्रणालीमार्फत् फोन, ट्याब्लेट, कम्प्युटर इत्यादिबाट डेभिड या क्रेडिटकार्ड प्रयोग गर्न आव्हान गरेको छ । बैठकले कोरोना प्रभावित नेपालीका बारेमा जानकारी संकलन गर्न क्षेत्रीय संयोजकहरुलाई निर्देशन दिएको छ ।

बैठकले कोरोना भाइरसबिरुद्ध अभियान चलाउन संघका अध्यक्ष पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिमा विदेशस्थित दूतावासका प्रतिनिधि, संघसंस्था रहेको एक उद्दार समिति गठनको लागि नेपाल सरकार समक्ष आग्रह गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकले कोरोना भाइरस संक्रमणको पीडितको लागि आर्थिक संकलन तथा वितरण सम्बन्धमा नीति निर्माण गर्न कोषाध्यक्ष महेश श्रेष्ठलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता डिबी क्षेत्रीले जनाए ।

Advertisement

Advertisement

Advertisement