'लकडाउन'को अवधि फेरि थप्ने तयारीमा सरकार, आज मन्त्रिपरिषद बैठक

Advertisement

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण बढ्न नदिन सरकारले लागू गरेको लकडाउनको अवधि फेरि थप्ने तयारी गरिएको छ । यस विषयमा छलफल तथा निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्ने तयारी भइरहेको छ ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सार्वजनिकरुपमा जनाएअनुसार लकडाउनको अवधि एक हप्ताको लागि थपिनसक्छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथाम समन्वय उच्चस्तरीय समितिले आइतबार एक साताका लागि लकडाउनको अवधि थप्ने निर्णय गरेको थियो । साथै, बैठकले विभिन्न क्षेत्रका लागि थप राहत प्याकेज ल्याउने योजना पनि बनाएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement