सनराइज बैंकले भक्तपुर क्यान्सर र तिलगंगा आँखा अस्पताललाई दियो स्वास्थ्य सामग्री

Advertisement

काठमाडौं । सनराइज बैंकले भक्तपुर क्यान्सर अस्तपताल र तिलगंगा आँखा अस्तपतालका डाक्टर तथा नर्सका लागि आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) वितरण गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिप्रेक्षमा त्यसको जोखिम बढेको हुँदा यहाँ विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले निभाएको भुमिका सराहनीय रहेको छ । बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत कोरना भाइरसको उपचारमा खटिने चिकित्सक र नर्सका लागि उक्त पिपिई दिएको हो ।

यसैक्रममा सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले भक्तपुर क्यान्सर अस्तपतालका मेडिकल निर्देशक प्रोफेसर डा.ऋषिकेश नारायण श्रेष्ठलाई १५ थान पिपिई र ५०० थान मास्क हस्तान्तरण गरेका हुन् । साथै तिलगंगा आँखा अस्तपतालमा पनि ५ थान पिपिई बंैकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले हस्तान्तरण गरे ।

हालसम्म सनराइज बैंकले सातै प्रदेशमा रहेको विभिन्न अस्पतालमा ४०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ र अन्य प्रदेशहरुमा समेत उपलब्ध गराउने कार्यक्रम रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement