पुल र नदी नियन्त्रणका निर्माण कार्य गर्न दिन सरकारसँग महासंघको अनुरोध

Advertisement

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले पुल तथा नदी नियन्त्रणको कार्यलाई निरन्तरता दिने बातावरण मिलाई दिन नेपाल सरकार समक्ष अनुरोध गरेको छ । महासंघका महासचिव रोशन दाहालले आज विज्ञप्ति प्रकाशित गरी सरकारसँग यस्तो अनुरोध गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनको आदेश जारी गरेपछि विकास निर्माणका कार्य ठप्प छन् । यस विषम परिस्थितिमा सरकारले जारी गरेको आदेशको सम्मान गर्दै निर्माणका कार्यहरु ठप्प छन् । 'तर निर्माण व्यवसायीहरुले पुल निर्माणका लागि आफ्नो अरबौँ लगानी गरी निर्माणस्थलहरुमा आवश्यक निर्माण सामाग्रीहरु गिट्टी, बालुवा, सिमेन्ट, रड, फर्मा लगायतका सामग्री ढुवानी गरिसकेको अवस्थामा स्वास्थ्य सुरक्षा अपनाई काम अघि बढाउने बाताबरण मिलाई दिन अनुरोध गर्दछौँ–विज्ञप्तिमा उल्लेख छ ।

उक्त निर्माण कार्य वर्षा शुरु हुनु भन्दा अगाडि नै गर्नु आवश्वय रहेको र वर्षा शुरु भएपछि निर्माण कार्य गर्न नसकिने र निर्माण व्यवसायीहरुलाई अरबौँ नोक्सानी हुनेतर्फ सरकारको ध्यानाकर्षण गराइएको हो ।

पुल लगायतका संवेदनशील क्षेत्रमा गरिने नदी नियन्त्रणका निर्माण कार्यहरु आवश्यक स्वास्थ्य सम्बन्धी मापदण्ड अनुसार सावधानी सहित यथासक्य चाँडो निरन्तरता गरिदिनु विज्ञप्ति मार्फत महासंघले अनुरोध गरेको छ । निर्माण सामग्री तथा आवश्यक खाद्यान्न ढुवानी गर्न तथा प्राविधिक र मजदुरहरुको आवतजावतको लागि अनुमतिपत्रको व्यवस्था गरिदिन माग गरिएको हो ।

Advertisement

Advertisement

Advertisement