राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई गभर्नर नियुक्त गरेको हो । कामु गभर्नर चिन्तामणी शिवाकोटी र पूर्व अर्थ सचिव डा. राजन खनाललाई पछि पार्दै अधिकारी गभर्नर नियुक्त भएका हुन् । नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर रहेका अधिकारी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।

५ वर्ष अगाडि गभर्नरका लागि नाम सिफारिस भएर उनी आउट भएका थिए । उनले राष्ट्र बैंकमा २६ वर्ष बिताएका छन् । अर्थमन्त्री डा. खतिवडाको विश्वास पात्र मानिएका अधिकारीलाई उनै खतिवडाले आफु गभर्नर हुँदा डेपुटी गभर्नर बनाएका थिए । भारतबाट चाटर्ड एकाउन्टेन्स अध्ययन पुरा गरेका अधिकारीको जन्मा खोटाङमा भएको थियो ।

Advertisement

Advertisement

Advertisement