‘लकडाउन’ बैशाख ३ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

Advertisement

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले घोषणा गरेको लकडाउनको आदेश बैशाख ३ गतेसम्म थप भएको छ । आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

सरकारले शुरुमा चैत ११ गते देखि १८ गतेसम्म र दोश्रो पटक २५ गतेसम्म लकडाउनको आदेश जारी गरेको थियो भने आज तेश्रो पटक समय थपिएको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले लकडाउनको अवधि थप गर्न सिफारिस गरेपछि आज मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरेको हो । नेपालमा हालसम्म कोरोना संक्रमण ९ जनामा देखिएको छ । जसमध्ये १ जना निको भएर घर फर्किएका छन् भने बाँकी ८ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

Advertisement

Advertisement