वेदास कलेजले लकडाउनका बेला सुरु गर्यो ‘अनलाइन क्लास’

,   २४ चैत्र २०७६, सोमबार, ०७:२९ pm   

काठमाडौँ । लकडाउनका कारण प्राय: सबै क्षेत्र ठप्प भएछि वेदास कलेज जावलाखेल, ललितपुर आप्mनै सप्mटवेयर विकास गरेर अनलाइन क्लास सञ्चालन सुरु गरेको छ । नेपालमै पहिलोपटक यस्तो सफ्टवेयरको विकास गरी सञ्चालनमा ल्याउन पाउँदा हामीलाई गौरवान्वित महशुस भएको कलेजले विज्ञप्ति प्रकाशित गरी जनाएको छ ।

प्राविधिक पार्टनर एमपर्सेप्ट टेक्नोलोजीसँगको सहकार्यमा एमपर्सेप्त क्लासरुम सफ्टवेयरको विकास गरेको कलेजले जनाएको छ । ‘यही सप्mटवेयरको माध्यमबाट हामीले हाम्रा विद्यार्थीहरुलाई लकडाउनका समयमा पनि नियमित रुपमा अध्ययन अध्यापन गराउँदै आएका छौं’– कलेजका सीईओ कृष्णहरी पाण्डेले बताए ।

यस्तो कक्षामा विभिन्न आधुनिक सहयोगी सुविधाहरुको साथै एक आधुनिक र प्रयोग गर्न सजिलो इन्टरफेस साथमा हुन्छ । सप्mटवेयरमा क्लास सञ्चालनका लागि आवश्यक सबै सुविधाहरु रहेका छन् । यसमा सिमलेस अडियो र भिडियो कन्फेरेन्स, पठनपाठनका समयमा स्क्रिन शेयरिङ, छुट्टै छलफलका लागि ब्रेकआउट कोठा र कुराकानी, प्रत्यक्ष सत्रको रेकर्डिङ, विद्यार्थीको नतिजा ट्रयाकरहरुलगायतका सुविधाहरू छन् । यो सफ्टवेयरमा प्रत्येक व्यक्तिगत विषयका लागि फाइल व्यवस्थापन र वाह्य स्रोतका सामाग्रीलाई पनि व्यवस्थापन गर्दछ ।

aecc

अरु विशेषताहरूमा समुहगत शिक्षा अर्थात ग्रुप एजुकेशन प्रमोशन, ह्वाइटबोर्ड र कस्टम ह्वाइवोर्ड अप्सनहरू, शिक्षक तथा विद्यार्थीहरूका लागि व्यक्तिगत तथा सामुहिक च्याटरुम, प्रत्यक्ष कक्षाकोठाको रेकर्डिङ, सहकर्मी र आत्म मुल्यांकन तथा सुरक्षा र गोपनियतालगायतका सुविधा पनि रहेका छन् । यसमार्पmत अध्ययन गर्ने विद्यार्थीहरूले कक्षाकोठामै बसेको अनुभव गर्नेछन् । मोबाइल, ल्यापटप र कम्प्युटरबाट पनि यसको प्रयोग गर्न सकिन्छ । यसको प्रयोगका लागि विद्यार्थीले आइडी र पासवर्ड प्रयोग गर्नुपर्ने हुन्छ ।

पाण्डे ग्रुपद्वारा संचालित यस कलेजले विगत १० वर्षदेखि नै प्रविधिको उच्चतम प्रयोग गरी शैक्षिकमैत्री वातावरणमा अत्याधुनिक सुविधासहित गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ । उत्कृष्ठ व्यवस्थापकीय टिमद्वारा सञ्चालित यस कलेजमा बिएससी सिएसआइटी, बिसिए, बिबिएम, बिबिएस, एमबिएस तहको अध्ययन अध्यापन हुँदै आएको छ । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले दक्ष तथा अनुभवी प्रध्यापकहरुद्वारा उच्चस्तरको शिक्षा प्रदान गर्दै आएको छ ।

कलेजले अरु कोर्षहरुमा पनि नियमित रुपमा एकेडेमिक तथा नन एकेडेमिक अतिरिक्त कोर्षहरु संचालन गर्दै आएको छ । यस कलेजमा अध्ययनरत विद्यार्थीहरुले इन्टरर्नशिप प्लेसमेन्टको अवसर प्राप्त गर्दै आएका छन् भने डिग्री हासिल गरेका विद्यार्थीहरुले जब प्लेसमेन्टको अवसर प्राप्त गर्ने सीईओ पाण्डेले बताए ।