गभर्नर अधिकारीलाई शेयर लगानीकर्ता संघले बधाई दिंदै भन्यो-‘उचित ठाउँमा उपयुक्त व्यक्ति’

Advertisement

काठमाडौँ । सरकारले आज नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेकोमा शेयर लगानीकर्ता संघले बधाई ज्ञापन गरेको छ । संघका अध्यक्ष उत्तम अर्यालले विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारलाई धन्यवाद समेत दिएका हुन् ।

‘लामो समय सम्म नेपाल राष्ट्र बैंकमा नै सेवा गरी डेपुटी गभर्नरबाट सेवा निवृत्त भएका अधिकारीलाई गभर्नर जस्तो पदमा नियुक्ति गरिनु ‘उचित ठाउँमा उपयुक्त व्यक्ति’ भएको र नेपालको पूँजीबजारको विकास र विस्तारमा यहाँको कार्यकाल कोसेढुंगा सावित हुने संघको विश्वास र आशा छ’–विज्ञप्तिमा उल्लेख छ ।

संघले विगतमा राष्ट्र बैंकमा दशकौं वर्षको कार्य कालको अनुभव भएको र राष्ट्र बैंकको हरेक पक्षसंग अभ्यस्त भै भित्र के कस्तो वातावरण छ भन्ने अत्यन्तै व्यवहारिक ज्ञान भएका अधिकारीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपालको अर्थतन्त्रलाई उच्च सकारात्मक बाटोमा पुर्याउन सफल होस् भन्ने कामना पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement