आफू गभर्नर हुँदा महाप्रसादले लगाएको गुन खतिवडाले तिरे

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको रुपमा युवराज खतिवडा सफल व्यक्तिको रुपमा चिनिन्छन् । तर उनलाई सफल बनाउने, रचनात्मक सुझाव दिने खास व्यक्ति थिए तत्कालिन डेपुटी गभर्नर महाप्रसाद अधिकारी थिए ।

राष्ट्र बैंकको गभर्नर हुने कुरा सरकार सञ्चालन जस्तै चुनौतिपूर्ण काम हो । त्यसमाथि गर्भनर हुन आन्तरिक व्यवस्थापनदेखि बाह्य दबाबहरु थुप्रै हुन्छन् । यस्ता कुरामा सहयोग गर्ने र सही सल्लाह दिने विश्वासिलो व्यक्ति भएन भने आफ्नो बलबुद्धिले मात्रै गभर्नरलाई अघि बढ्न सहज हुँदैन् । त्यतिबेला महाप्रसादले लगाएको गुनलाई अर्थमन्त्री खतिवडाले उनलाई गर्भनर बनाएर तिरेका छन् ।

महाप्रसाद गर्भनरको लाइनमा रहेको तत्कालिन समयमा सुशील कोइराला प्रधानमन्त्री भएर आएर बाधक बनेका थिए । उनको लागि सुनिश्चित ठानिएको गभर्नर पद चिरञ्जीवी नेपालले हात पार्न सफल भएका थिए । त्यो बेला गुमेको अवसर अहिले उनले हात पार्न सफल भएका छन् ।

अर्थमन्त्रीमा युवराज खतिवडाको पुनरागमन भएको क्षण महाप्रसाद अधिकारीको गर्भनर पद पनि सँगसँगै सुनिश्चित भइसकेको स्रोतको भनाई छ । जानकारहरुका अनुसार खतिवडाले महाप्रसादलाई आफ्नै छोरालाई भन्दा बढि विश्वास गर्छन् । वरिष्ठता र अनुभवका हिसावले पनि प्रतिस्पर्धामा रहेका राजन खनाल र चिन्तामणि शिवाकोटीभन्दा महाप्रसाद अधिकारी अघि नै देखिन्छन् । उनी लगानी बोर्डका अध्यक्षका लागि उपयुक्त व्यक्ति होइनन्, तर गभर्नरका लागि भने हुन्, उनी बेरोजगार नबसुन भनेर मात्रै लगानी बोर्डको सीईओ बनाउने काम भएको थियो– स्रोतको भनाई छ । सँगसँगै उनी राजनीति प्रभाव र कुटनीतिक क्षमताका हिसावले पनि कमजोर व्यक्ति मानिन्नन् ।

गभर्नरको यस पटकको प्रतिस्पर्धामा शिवाकोटी र खनाल दुवै प्रतिस्पर्धी होइनन् । प्रतिस्पर्धी नभएर पनि युवराज नभएको भए उनको गभर्नर हुने संभावना भने थिएन् । राजनीतिक लाइनको हिसावले पनि सत्तारुद दलसँग निकट, त्यसमाथि प्रधानमन्त्री केपी ओलीकै लाइनका व्यक्ति हुन महाप्रसाद । हुन त शिवाकोटी र राजन खनाल पनि ओलीकै लाइनका भए पनि महाप्रसादको अगाडि उनीहरुको केही लागेन् । गभर्नरमा प्रधानमन्त्री र अर्थमन्त्रीकै लाइनबाट नियुक्त हुने देखिएपछि सत्तारुढ दलका नेताहरु पुष्पकमल दाहाल, माधव नेपाललगायतले आफू निकटलाई अगाडि बढाएनन् ।

अर्थसचिवबाट बिदा भएका राजन खनाललाई पनि गभर्नरको लागि विकल्पमा बस्न सल्लाह दिएअनुसार उनले आफूलाई प्रस्तुत गरेका थिए । तर गभर्नरमा अवसर दिन नसके पनि लगानी बोर्डको सीईओ बनाउने आश्वासन अर्थमन्त्री खतिवडाले दिएको स्रोतको भनाई छ । खनाल अहिले अर्थमन्त्रीको सल्लाहकारको भूमिकाको रुपमा रहेका छन् । डेपुटी गर्भनरको रुपमा रहेका शिवाकोटी गभर्नर हुनका लागि योग्य भइनसकेको व्यक्तिको रुपमा खतिवडाले हेर्छन् । खतिवडाले आफूलाई साथ नदिने देखिपछि शिवाकोटीले प्रधानमन्त्रीलाई रिजाउने निकै प्रयास गरेका थिए । तर त्यो सफल भने हुन सकेन् ।

Advertisement

Advertisement

Advertisement