महाप्रसादको पहिलो हस्ताक्षरः एक महिनाभित्र कोरोना प्रभावको अध्ययन गर्ने निर्णयमा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर महाप्रसाद अधिकारीले सपथ ग्रहणसँगै पदभार पनि सम्हालेका छन् । मंगलबार राष्ट्र बैंक केन्द्रिय कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् ।

नव नियुक्त गभर्नर अधिकारीले एक महिनाभित्र कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावको अध्ययन गर्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन् ।

‘अनुसन्धान विभागले एक महिनाभित्र कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार पार्ने सम्बन्धी निर्णयमा हस्ताक्षर गर्नु भएको छ’, राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले कर्पाेरेट नेपालसँग भने ।

सरकारले सोमबार मात्रै अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो । उनले आजै बिहान प्रधानन्यायाधिशबाट सपथ ग्रहण गरेका हुन् ।

Advertisement

Advertisement

Advertisement