लकडाउनमा सुनसान पर्यटकीय स्थलः १० ठाउँका १० तस्वीर (फोटो फिचर)

Advertisement

काठमाडौँ । कोरोना भाइसरको संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउनको १५ दिन बितिसकेको छ । लकडाउन आदेशपछि देशभरको अवस्था सुनसान छ । मानिसहरु घरभित्रै बसेका छन्, सडकमा गाडी चलेका छैनन् । अत्यावश्यक सेवामात्र सुचारु छ । लकडाउन आदेशसँगै सँधैजसो भीडभाड हुने पर्यटकीय क्षेत्रहरु १५ दिनदेखि सुनसान छन् । लकडाउन आदेशका बेला विभिन्न क्षेत्रका पर्यटकीय स्थलहरुको यी १० तस्वीर हेरौँ: (तस्वीरहरुः रासस)

Advertisement

[caption id="attachment_174811" align="alignnone" width="900"] १. पर्यटकको भिडभाड हुने पोखराको फेवाताल किनारमा लस्करै हिँडेका भैँसी । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण फेवाताल किनार अहिले सुनसान छ ।[/caption]
[caption id="attachment_174812" align="alignnone" width="900"] २. कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनको समयमा सुनसान देखिएको लुम्बिनी ।[/caption]
[caption id="attachment_174813" align="alignnone" width="900"]
३. लकडाउनपछि सुनसान रहेको नवलपरासीस्थित सास्वास्वतधाम ।[/caption][caption id="attachment_174814" align="alignnone" width="900"] ४.कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण सरकारले गरेको लकडाउनका समयमा पशुपतिमा परेवा ।[/caption][caption id="attachment_174815" align="alignnone" width="900"] ५. कोरोनाको सङ्क्रमण फैलिन नदिन जारी गरिएको लकडाउनका कारण सौराहामा हात्तीलाई बाहिर लैजान सकिएको छैन । पर्यटकलाई त्यस क्षेत्रमा घुमाउन अभ्यस्त रहेका ती हात्ती अहिले बाधिन बाध्य छन् ।[/caption][caption id="attachment_174816" align="alignnone" width="900"] ६. कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण सरकारले गरेको लकडाउनपछि देखिएको भक्तपुरको सुनसान सिद्धपोखरी ।[/caption][caption id="attachment_174817" align="alignnone" width="900"] ७. कोभिड–१९ को रोकथामका लागि सरकारले लागू गरेको लकडाउनपछि काठमाडौँको कलङ्कीबाट देखिएको स्वयम्भू ।[/caption][caption id="attachment_174818" align="alignnone" width="900"] ८. कोभिड–१९ को सङ्क्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्न सरकारले लागू गरेको लकडाउनमा देखिएको सुनसान हनुमानढोका क्षेत्र ।[/caption][caption id="attachment_174819" align="alignnone" width="900"] ९. पाटन दरबार क्षेत्रमा साँझपख देखिएको सुनसान दृश्य ।[/caption][caption id="attachment_174820" align="alignnone" width="900"] १०. भद्रकाली मन्दिरबाट देखिएको अस्ताउँदो सूर्यको दृश्य ।[/caption]

Advertisement

Advertisement