जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाल पक्राउ, ‘पाँच हजार पर्ने थर्मल गन १५ हजारमा बिक्री’

Advertisement

काठमाडौँ । प्रहरीले शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । कालोबजारी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले कालोबजारीको आरोपमा उनलाई आज नक्सालबाट पक्राउ गरेको हो ।

पाँच हजारमा पाइने ज्वरो नाप्ने थर्मल गन उनले १५ हजारसम्ममा बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको जनाएको छ। प्रहरीले उनको सवारी साधनबाट ६७ वटा थर्मल गन समेत बरामद गरेको छ ।

Advertisement

Advertisement

Advertisement