'अर्थतन्त्रका लागि कोरोना भन्दा ठूलो चुनौती आएकै थिएन'

Advertisement

काठमाडौं । अहिले सबै क्षेत्र चुनौती पूर्ण नै छ । हामी सबैलाई थाहा छ, कुनै एउटा एरियामा संकट आउँदा अरु क्षेत्रमा पनि त्यसको असर पर्छ खासगरि इकोनोमीको एउटा क्षेत्रमा संकट आउँदा । अहिले स्वास्थ्य क्षेत्रको कारणले संसारभरी नै महामारी छ । अधिकांश मुलुक र अधिकांश प्रदेशमा लक डाउन छ । त्यसको असर आर्थिक क्षेत्रमा पक्कै पनि पर्छ ।

आर्थिक क्षेत्र भित्रको एउटा महत्वपूर्ण पक्ष वित्तिय क्षेत्र हो र त्यसमा पनि यसको असर धेरै ठूलो छ । जसलााई मेनेज गर्नु, जसलाई एउटा व्यवस्थित गर्नु, एक किसिमले काम चलाएर लैजानु पनि चुनौतीपूर्ण छ । किन की प्रत्येक घरको चुलोलाई असर परेको छ । उसले ऋण लिएको छ भने रिपेमेन्टलाई असर गरेको छ । उसलाई ब्याज तिर्न असर गरेको छ । बन्द व्यापार चलाउने, आर्थिक उन्नति गर्ने, समृद्धिको बाटोमा अघि बढ्ने, यी विषय त अधिकांश तपशिलमा रहे । दैनिक जीवीकोपार्जन चलाउनका लागि पनि धेरै मान्छेलाई गाह्रो परिरहेको छ । यस अर्थमा त्यसको असर प्रत्यक्ष रुपमा वित्तिय क्षेत्रमा पर्छ, अर्थतन्त्रमा पर्छ । वित्तिय क्षेत्रको नियामक नेपाल राष्ट्र बैंकका लागि यहाँ भन्दा ठूलो चुनौती के हुन सक्ला र ?
हामीले यसलाई मिहिन रुपले हेर्नुछ । यसमा थप ड्यामेज हुन दिनुहुने छैन् । र वित्तिय प्रणालीको महत्वपूर्ण सम्पति पब्लिकको कन्फिडेन्स जोगाएर राख्न हामीले धेरै खालका उपकरणहरु प्रयोग गर्नुपर्ने हुन सक्छ । हाम्रो अगाडी मुख्य चुनौती यहि कोरोनाले ल्याएको छ । वित्तिय क्षेत्र आफैंमा सम्वेदनशिल क्षेत्र हो, जहिले सुकै पनि चुनौतीपूर्ण क्षेत्र हो । त्यो हुँदा हुँदै पनि हामीलाई यसले निकै ठूलो समस्या पैदा गरिदिएको छ । अब यो नेपालको मात्रै समस्या होइन, संसारको समस्या हो । त्यसकारण यहाँ अन्य मुलुकहरुले सहयोग गर्ने सम्भावना पनि हामीले कमै मात्र देखिरहेका छौं । त्यसकारण यसलाई व्यवस्थापन गर्नु चाँही एउटा चुनौतीपूर्ण काम नै हुनेछ ।

प्राथमिकता
केन्द्रिय बैंकका आफ्ना प्राथमिकता छन् । ती लक्ष्यहरु हासिल गर्नुपर्नेछ । आन्तरिक बजार मूल्य स्थायीत्वका कुरा होस् वा वित्तिय स्थायित्वका कुरा नै किन नहोस् । यीनलाई उच्च प्राथमिकतामा राखेर त्यसलाई प्राप्त गर्न विभिन्न उपकरण(इन्स्ट्रुमेन्ट)हरु चाल्नुपर्नेछ । त्यसमा कहिँ कतै ढलमल भयो भने हाम्रा अल्टिमेट उदेश्यहरु हासिल हुँदैनन् । त्यसले गर्दा केन्द्रिय बैंकले कहिले पनि धेरै उत्साही भएर एग्रेशिभ कुराहरु गर्नु भन्दा पनि स्थायीत्वमा ध्यान दिनुपर्छ । हाम्रा प्राथमिकतामा पनि सबै किसिमको स्थायित्व हासिल गर्नु नै हो । पब्लिकको कन्फिडेन्स प्राप्त गर्नु नै एक किसिमले स्थायित्वको मुल आधार हो ।

पहिलो निर्णय
आजै मात्र पनि मैले पहिलो नीतिगत निर्णयका रुपमा कोरोनाको असरको नियमित अध्ययन गर्ने समिति बनाउने निर्णय गरेको छ । त्यो टास्क फोर्सले नियमित अध्ययन गर्छ, सुपरिवेक्षण गर्छ र ट्रेण्ड एनालाइसिस गर्छ । संक्रमण कता गैरहेको छ र अर्थतन्त्रमा कस्तो असर पारिरहेको छ भनेर अध्ययन हुन्छ । जुनबेला कोरोनाका संक्रमण रोकिन्छ, त्यतिबेला पुनः एकिकृत अध्ययन रिपोर्ट तयार पार्नेछौं । हामीले अहिले गर्ने विषय यहि नै हो ।

थप राहतबारे
यस अघि नै केहि राहत राष्ट्र बैंकले ल्याईसकेको छ । त्यसलाई निरन्तरता दिँदै त्यसको असर प्रणालीमा कस्तो पर्छ ? हेरिन्छ । हामीले ब्याज र किस्ता तिर्ने समय दिएका छौं । जुन समय पर सारिराख्दा बैंकहरुको आफ्नो क्यास फ्लोमा पनि समस्या पर्न सक्छ । समय सार्दै जाँदा अर्काे समयमा डबल किस्ता, डबल ब्याज तिर्नु पर्ने हुन सक्छ । ति कुराहरुलाई हामीले कसरी सम्बोधन गर्ने ? ति विषयहरुमा पनि हामी थप छलफल गर्छाै ।

अर्थात हामीले ल्याईसकेको जुन राहत प्याकेज छ, त्यसमा अन्य कुरा थपघट गर्दै जान सकिन्छ । म आफैं पनि निजी क्षेत्रसँग काम गरेकै आएको मान्छे हुँ । नयाँ राहत ल्याउने भन्ने कुरा हुन्न तर अहिले दिएको प्याकेजमा थपघट गर्न सकिन्छ । मापदण्ड भित्र रहेर निजी क्षेत्र मैत्री योजना नै हामीले ल्याउने हो ।

स्वायत्तता बारे
केन्द्रिय बैंक जहाँ पनि अटोनोमश नै हुनुपर्छ । अहिले स्वायत्तता गुम्ने विषय कसरी आइरहेको छ । यो विषय नयाँ ऐन संसोधनका विषयबाट आएका हुन की भन्ने बुझेको छु । कहिले काहीँ आफ्नो कारण पनि स्वायत्ततामा आँच आउन सक्छ । हामीले आफ्नो भूमिका आफैंले निभाएनौं भने पनि अरुले हस्तक्षेप गर्न सक्छ । त्यस्तो वातावरण आउन नदिन हामी सजग छौं ।

भावी योजना
यो व्यक्तिको इच्छा चल्ने संस्था होइन, संस्थागत संरचना भएको संस्था हो । यसको पाँच वर्षे रणनीति तयार पारिसकिएको छ । त्यसलाई कार्यान्वयन गर्ने हो । नेपाल सरकारले वित्तिय रणनीति तयार पारिसकेको छ । त्यसलाई कार्यान्वयन गर्ने हो । राज्यले लिएको नीति भन्दा फरक मैले आफ्नो रणनीति लिने कुरा भएन् । त्यसमा थप संसोधन गर्नु पर्यो भने हेरौंला नत्र उहि योजनामा अघि बढ्ने हो ।(नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर अधिकारीले
पदभार सम्हालेपछि व्यक्त गरेको धारणा)

Advertisement

Advertisement

Advertisement