बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय

Advertisement

काठमाडौं । सरकारले बैशाख १८ गतेसम्मका लागि अन्तराष्ट्रिय उडान रोक्ने निर्णय गरेको छ । मंगलबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिको बैठकले बैशाख १८ गतेसम्म अन्तराष्ट्रिय उडान रोक्ने निर्णय समितिका प्रवक्ता तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण प्रसाद बिडारीले बताए ।

यस अघि अप्रिल १५ तारिखसम्म अन्तराष्ट्रिय उडान रोक्ने निर्णय थियो भने अब ३० तारिखमा मात्रै उडान खुल्नेछ । आन्तरिक हवाई उडानका लागि भने थप अध्ययन गर्ने निर्णय भएको छ ।

Advertisement

Advertisement

Advertisement