काठमाडौँ महानगरको कोरोना निगरानी प्रणालीः स्वास्थ्य अवस्था बिग्रिए मोबाइल एप्लिकेसनमा ‘आपतकालीन नोट’

Advertisement

काठमाडौं । कोरोनाको संक्रमण थाहा पाउन काठमाडौं महानगरपालिकाले सञ्चालनमा ल्याएको नेपाल कोविड–१९ निगरानी प्रणाली ‘मोबाइल एप्लिकेसन’ प्रयोग गर्न महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरबासीसँग आग्रह गरेका छन् । आफू र आफू नजिक भएको व्यक्तिमा कोरोना संक्रमण छ कि छैन थाहा पाउन र भएको पत्ता लागे उपचारमा सहज पहुँच राख्न पनि यो प्रणाली प्रभावकारी छ । मेयर शाक्य भन्छन्– मोबाइल एप्लिकेसन डाउनलोड गरिसकेपछि आफुलाई सजिलो लाग्ने भाषा छनौट गर्नोस् । त्यसपछि संक्रमणको अवस्था थाहा पाउन ‘त्रियाज परीक्षण’ गर्न थाल्नोस् ।’

यस परीक्षणका लागि आफू वा आफू नजिक भएको व्यक्तिसँग कोरोना भाइरस संक्रमणको अवस्थाका बारेमा केही प्रश्नहरु छन् । ती प्रश्नहरुको ‘छ’ वा ‘छैन’ मा उत्तर दिनुपर्छ । प्रश्न आपूmसँग सम्बन्धित ‘छ’ भने क्लिक गर्नुपर्छ सम्बन्धित ‘छैन’ भने त्यतिकै छोड्न सकिन्छ । प्रमुख शाक्य थप्दै भन्छन्–तपाईलाई कोरोना भाइरसको लक्षण देखिएर तत्काल बिशेषज्ञ सेवा लिनुप¥यो भने आपतकालीन नोट लेख्ने ठाउँ छ । त्यहाँ गएर तत्काल सेवा लिन सकिने व्यवस्था छ ।’

यसमा सोधिने प्रश्नहरु कोरोना (कोभिड—१९) का लक्षणसँग सम्बन्धित बिश्वव्यापी अभ्यासका आधारमा चिकित्सकहरुले तयार पारेका हुन् । प्रश्नहरुको उत्तर ड््यास बोर्डमा रहनुभएका बिशेषज्ञ र आपतकालीन स्वास्थ्यकर्मी डाक्टरकोमा पुग्छ । यही उत्तरहरुलाई ‘त्रयाज स्केल’ को आधारबाट संक्रमण भए नभएको वा छ भने कुन अवस्था (स्केल)मा छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

त्रियाज परीक्षणका हरेक प्रश्नमा दिइएको अङ्क भारका आधारमा ‘कोभिड संक्रमण देखिँदैन’, ‘संक्रमणको सम्भावना कम छ’, ‘कोभिडको सम्भावना छ’ र ‘कोभिडको धेरै सम्भावना देखियो’ गरी ४ प्रकारका परिणाम आउँछन् । त्रियाज स्केल भनेको उपचारको क्रम निर्धारण गर्ने विधि हो । यसले कुन समुहलाई सबै भन्दा पहिला उपचार गर्नुपर्छ भन्ने निर्णय गर्न सहयोग गर्दछ । यस विधिको विकास चीनमा कोभिड भाइरस संक्रमितमा देखिएका लक्षण पत्ता लगाउन बिश्व स्वास्थ्य संगठनको बिज्ञ समूह ‘‘२५ इन्टरनेशनल एक्सपर्ट डब्लुएचओ टिम फाइन्डिङ् अफ कोडिभ — १९ सिम्प्टम्स इन चाइना’’ बाट प्राप्त तथ्याङ्कको आधारमा नेपालका स्वास्थ्यकर्मीहरु डा. रमेशकुमार महर्जन र डा. रष्मिशा महर्जनले विकास गरेबम हुन् । यो बिधि आपतकालीन स्वास्थ्य सेवा कोभिड(१९ को त्रियाज मानक (इमर्जेन्सी हेल्थ केयर कोभिड — १९ त्रियाज स्केल) लाई आधार मानेर बिकास गरिएको छ ।

यस मानकबाट प्राप्त परिणामहरुमध्ये ‘कोभिड संक्रमण देखिँदैन’लाई नीलो रङ्गमा, ‘संक्रमणको सम्भावना कम छ’ लाई हरियो रङ्गमा, ‘कोभिडको सम्भावना देखिन्छ’ लाई पहेँलो रङ्गमा र ‘कोभिडको धेरै सम्भावना देखियो’ लाई रातो रङ्गमा संकेत गरिन्छ । यसको अर्को बिशेषता भनेको विवरण बिश्लेषण गर्न ‘ड््यास बोर्ड’मा बिशेषज्ञ डाक्टरहरु हुनु पनि हो । स्वास्थ्य बिज्ञान र उपचार पद्धतिका आधारमा कुल ३१.३ अङ्कमा बिरामीको अवस्था छुट््याइन्छ । प्रयोगकर्ताहरुले आफ्नो स्वास्थ्य स्थितिलाई एक दिनमा बिहान, दिउँसो र बेलुका विवरण दिन सूचित गरिन्छ । यदि सामान्य अवस्था रहेछ भने सुरक्षित घरमै रहन अनुरोध गरिन्छ ।

प्रयोगकर्ताले भरेको विवरणका आधारमा यदि ० देखि १५.५ सम्म अङ्क प्राप्त भयो भने यो कोभिड नभएको अवस्था हो । यसलाई नीलो रङ्गले संकेत गरिन्छ । यसप्रकार परिणाम आएका प्रयोगकर्तालाई ‘नाकबाट फ्लु आएको भएपनि अरु प्रकारको फ्लु हुन सक्छ । पछिल्लो १४ दिनअघि बिदेशको भ्रमण गर्नुभएको वा संक्रमित कोही व्यक्तिको नजिक रहनु भएको छ भने आफूलाई अलग्ग राख्नु र चिकित्सकसँग सल्लाह गर्नु भन्ने सुझाव पठाइन्छ । त्यस्तै १५.६ देखि १९.३ सम्म अङ्क प्राप्त भयो भने यसलाई हरियो रङ्गले संकेत गरिन्छ । यो भनेको कोभिड १९ संक्रमणको कम सम्भावना भएको अवस्था हो । यस प्रकारको परिणाम आएका प्रयोगकर्तालाई सजकताकालागि अलग्गै बस्ने र आफ्ना लक्षण सम्बन्धित विवरण भरेर दिनको ३ पटक अपडेट गर्न सुझाव दिइन्छ ।

१९.४ देखि २४.५ सम्म अङ्क प्राप्त गर्नेहरुलाई पहेँलो रङ्ले संकेत गरिन्छ । यो भनेको संक्रमणको सम्भावना देखिन्छ । सजगताकालागि अलग्गै बस्ने र आफ्ना लक्षणहरु दिनको ३ पटक भरेर पठाउन सुझाव दिइन्छ । रातो रङ्गले संकेत गर्ने परिणामका प्रयोगकर्ताले घाँटी र नाकको स्वाब परीक्षणकालागि तत्काल अस्पताल जानुपर्छ । त्रियाज परीक्षणमा २४.६ देखि ३१.३ सम्म अङ्क प्राप्त गर्नेहरु यस बर्गमा पर्दछन् । यस्ता बिरामीलाई भौगोलिक सूचना प्रणालीका आधारमा बसोबास गर्ने ठाउँ पत्ता लगाएर महानगरको सहयोगका सञ्चालन भएको एम्बुलेन्स सेवा १०२ लाई तत्काल पठाइन्छ र संक्रमणको जोखिममा रहेका व्यक्तिलाई परीक्षणकालागि अस्पताल पु¥याइन्छ ।

यसरी एप्लिकेसन प्रयोगकर्ताले आपतकालीन स्वास्थ्य सेवामा काम गर्ने डाक्टरको परामर्श र आवश्यक भए एम्बलेन्स र अस्पतालसम्मको पहुँच पाउँछन् । अर्थात् शंकामा बसेका व्यक्तिले हो कि होइन भनेर घरमै बसेर आत्म परीक्षण गर्न पाउँछन् भने यदि भएकै रहेछ भने कुन अस्पताल जाने, एम्बुलेन्स कुन बोलाउने कुनै प्रकारको समस्यामा अल्झिनु पर्दैन ।

कोरोना (कोभिड १९) को सम्भावित महामारीको रोकथाम र निगरानी गर्न काठमाडौं महानगरपालिकाको समन्वयमा नेपाल रिसर्च एडुकेशन नेटवर्कको नेतृत्वमा ईनोभेटिभ सोलुसन प्रा.लि., आईक्लिक प्रा.लि., जनस्वास्थ्य सरोकार ट्रष्ट नेपाल, नेपाल डिजास्टर एण्ड इमर्जेन्सी मेडिसिन सेन्टर, ईनोभेटिभ डेटा सेन्टर तथा सेन्टर फर ईन्फर्मेसन एण्ड कम्युनिकेशन टेक्नोलोजी फर डेभलप्मेन्टको सहकार्यमा यो प्रणालीको बिकास गरिएको हो । यो प्रणाली गुगल को ’प्ले स्टोर’ वा महानगरपालिकाको वेभसाईट वा एनरेनको वेभसाईटबाट डाउनलोड गर्न सकिन्छ ।

यस प्रणाली मार्फत भण्डारण भएका तथ्याङ्क तथा त्यससँग सम्बन्धित सूचना सम्बन्धि अधिकार महानगरपालिकासँग मात्र हुनेछ । यसमा बिरामीको गोपनीयतालाई सुरक्षित राखिनेछ ।

Advertisement

Advertisement

Advertisement