कोरोना निको हुने भन्दै मलेरियाको औषधि प्रयोग, 'साइड इफेक्ट' गर्ने विज्ञहरुको भनाई

Advertisement

न्यूयोर्क । कोरोना संक्रमणले महामारीको रूप लिइरहेका बेला यसलाई नियन्त्रण गर्न विश्वव्यापी रूपमा मलेरियाका लागि प्रयोग हुने औषधिको माग बढ्न थालेको छ । कोरोनाविरुद्ध औषधि तथा खोपको विकास नभइरहेको अवस्थामा विभिन्न मुलुकमा मलेरियाको औषधि प्रयोग हुन थालेको हो । विश्व स्वास्थ्य संगठनले क्लोरोक्विन र हाइड्रोएक्सवाइक्लोरोक्विनबाट कोरोना उपचार गर्ने पर्याप्त प्रमाण नभएको बताउँदा पनि यी दुई औषधिले विश्वको ध्यान तानेको छ । कोरोना भाइरसको उपचारमा ती औषधिको प्रभावकारिता कस्तो देखिएको छ र कुन देशले ती औषधि प्रयोग गरिरहेका छन् भन्नेबारे एक रिपोर्टः

विज्ञहरू भन्छन्– साइड इफेक्ट गर्छ

कोरोना उपचारमा ती दुवै औषधि खासै प्रभावकारी नभएको पछिल्लो अवस्थाले देखाइरहेको छ । औषधिले काम गरेको भए अहिले हजारौँ मानिस मृत्युको मुखमा धकेलिँदैनथे । फ्रान्समा गरिएको एउटा अनुसन्धानमा पनि अहिले चर्चा भइरहेका दुवै औषधि कोरोना उपचारका लागि उपयोगी नहुने वैज्ञानिकले बताएका छन् । बरु यी औषधिले किड्नी र कलेजोलाई असर गर्नेलगायत अन्य साइड इफेक्ट हुने केही विज्ञको भनाइ छ । ‘यी औषधिको प्रभावकारिता मूल्यांकन गर्न बृहत् रूपमा परीक्षण गर्नुपर्छ,’ युनिभर्सिटी अफ अक्सफोर्डका कोम गिब्निगी भन्छन् । ती औषधिबारे अमेरिका, बेलायत, स्पेन, चीनलगायत देशमा परीक्षण भइरहेका छन् ।

ती औषधि कोभिड–१९ को असर कम गर्न सक्षम छन् वा छैनन् भन्ने पत्ता लगाउन ‘क्लिनिकल’ परीक्षण भइरहेको बेलायती मन्त्री मिसेल गोभ बताउँछन् । अमेरिकामा कोरोना संक्रमितको उपचार गर्न क्लोरोक्विन, हाइड्रोएक्सवाइक्लोरोक्विन र अर्को एन्टिबायोटिक औषधि जिथ्रोम्याक्सको मिश्रण गरी विभिन्न परीक्षण भइरहेका छन् ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement