नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड, कसले कति पाए ?

Advertisement

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको आइपीओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक आरबीबी मर्चेन्टको कार्यालयमा बुधबार बिहान सेयर बाँडफाँड भएको हो । कुल ३ लख ९१ हजार ६ सय २६ जना आवेदकमध्ये ३ लाख ९० हजार ६ सय ३८ जना आवेदकले सेयर पाएका छन् । ९ सय ८८ जनाको आवेदन भने रद्ध भएको छ । ४० कित्ता भन्दा कम आवेदन गर्ने सबैले आवेदन अनुसार पुरै कित्ता सेयर पाएका छन् ।

जसमा २७ हजार ७ सय ४८ जनाले १० कित्ता सेयर पाएका छन् भने १५ हजार ५ सय ९० जनाले २० कित्ता सेयर प्राप्त गरेका छन् । एक लाख २७ हजार ७ सय २३ जनाले ३० कित्ता सेयर प्राप्त गरेका छन् । २० हजार ९ सय २९ जनाले ४० कित्ता सेयर पाएका छन् ।

५० कित्ता देखि १० हजार कित्तासम्म आवेदन दिने ३ लाख १३ हजार ६ सय ४८ सबैले न्युनतम ४० कित्ता सेयर पाएका छन् । ७७ हजार २ सय ४५ जनाले भने गोलाप्रथाद्धारा थप १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले २०७६ चैत ४ गतेदेखि ७ गतेसम्म एक अर्ब ६० करोड रुपैयाँ बराबरको एक करोड ६० लाख कित्ता आइपीओ निष्काशन गरेको थियो । कुल निष्काशनमध्ये ७३ हजार ५ सय कित्ता कर्मचारीका लागि छुट्याईएको थियो भने ८ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याईएको थियो । बाँकी एक करोड ५१ लाख २६ हजार ५ सय कित्ता भने सर्वसाधारणले भर्न पाउने व्यवस्था थियो । हाल ८ अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीले आइपीओ जारी गरे पश्चात चुक्ता पुँजी १० अर्ब पुग्नेछ ।

Advertisement

Advertisement

Advertisement