'अर्थतन्त्र जोगाउन बैंकको व्याज छुट र करको दरमा भारी कटौती गर्नुपर्छ'

Advertisement

काठमाडौं । कोरोना महामारिमा लकडाउनको कारण उद्योग व्यवसाय तहस नहस नहोस भनेर अन्य देशका सरकारले राज्यकोषबाट नागरिक र उद्योगी व्यवसायीलाई नगद राहत र छुट दिरहेका छन् । म पनि १५ बर्ष बैंक तथा वित्त कम्पनकिो सिइओ भएकोले नवनियुक्त गभर्नरका भनाईसँग असहमत हुँदै उद्योग व्यवसायको हितको लागि निम्न सुझाव दिन चाहन्छु ।

१) उद्योगी व्यवसायीलाई चैतको बैंक ऋृणको सावा व्याज किस्ता असार मसान्तमा तिर्ने व्यवस्था राहत नभई डुबाउने खेल हो । लकडाउनको चेन असर असारपछि सम्म जान्छ । कारोबार नियमित र राम्रो हुदैन् । क्यास फ्लो नभएको अवस्थामा ३ महिनाको तिर्न नसक्नेले ६ महिनाको कसरी सक्छ ?
२) उद्योग व्यवसाय चलेमा बैंक नि चल्ने र सरकारले नि कर पाउने तथा रोजगारी वृद्धि लगायत समग्र अर्थतन्त्र चलायमान हुन्छ । त्यसैले उद्योग व्यवसायको संरक्षण र बिकास नै प्रमुख कुरा रहेको बुझ्नु जरुरी छ ।
३) बैंकहरु नाफा कमाउने संस्था हुन् । सधै कमाएका पनि छन् । तर अहिले बाँच्ने र बचाउने बेला हो । बाँचे भने फेरि कमाउन पाईन्छ । त्यसैले बैंक ऋणीहरुको ३ महिनाको व्याज असारको ब्यालेन्ससिट नेगेटिभ नहुने गरि पुर्णतः मिनाहा गर्नु पर्छ । नेगेटिभ हुनेको हकमा ब्यालेन्ससिट पोजेटिभ बनाउने जति रकम सरकारले बैंकलाई राज्यकोषबाट सब्सिडी(सहुलियत) दिनु पर्छ ।
४) महामारीमा एक बर्ष लाभांश नपाउँदा कुनै शेयरधनीले बिरोध गर्दैनन् । मेरो पनि बैंक, बीमामा शेयर छ, मलाई कुनै आपत्ति छैन् । उद्योग व्यवसाय चलेमा तथा बैंक र हामी रहेमा न नाफा खाने कुरा आउछ ।
५) सरकारले पनि नाफाखोरी सोँच हटाई बैंकहरुलाई ३० प्रतिशतको सट्टा २० प्रतिशत र उद्योग व्यवसायीलाई २५ प्रतिशतको सट्टा १५ प्रतिशत कर मात्र लिने घोषणा गरि महासंकटको बेला उदार मन देखाई राहत दिनु पर्छ ।
६) उद्योग व्यवसायले खपत गर्ने विद्युतमा प्राधिकरणको बासलात नेगेटिभ नहुने गरि सके जति छुट दिनु पर्छ । कर्मचारीको रोजगारी बचाउन पारिश्रमिक करमा छुट दिएर त्यति रकम तलबमा घटाउन पाउने गरि उद्योगलाई खर्च कम गर्न सहयोग गर्नु पर्छ ।
७) नागरिक रहेमा उद्योग व्यवसाय चल्ने हो, उद्योग व्यवसाय रहेमा बैंक चल्ने हो र बैंक चलेमा अर्थतन्त्र राम्रो भई देश रहने हो । यो कुरा बुझि उदारता देखाउ । आफु पनि बाचौं, अरु सबैलाई पनि बचाउँ ।-लेखक महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् 

Advertisement

Advertisement

Advertisement