लकडाउनमा काठमाडौंका सिडिओको बदमासी, बीमा कम्पनीले पास पाएनन्, ट्राफिकलाई मुस्किल

Advertisement

काठमाडौं । लकडाउनमा काठमाडौंका सिडिओ जनकराज दाहालले बदमासी गरेका छन् । सिडिओ शर्माले आत्यावश्यक सेवा प्रवाह गर्ने कम्पनीहरुलाई पास दिएका छैनन् । तर सडकमा भने सिडिओ शर्माले वितरण गरेका पास बोक्ने अनावश्यक मानिसहरुको बाक्लै उपस्थिति देख्न पाइन्छ ।

सरकारले अत्यावश्यक सेवाको सूचिमा राखेको बीमा सेवा प्रदायक कम्पनीहरुलाई सिडिओ दाहालले पास उपलब्ध गराएनन् । बीमा समितिले लकडाउनको पहिलो दिन नै काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर प्रत्येक कम्पनीलाई २ वटा पास उपलब्ध गराउन अनुरोध गरेको थियो । तर सिडिओ दाहालले बैंक तथा वित्तिय संस्थाका लागि सबै पास नेपाल राष्ट्र बैंकलाई पठाएको ओठे जवाफ लगाए ।

बैंक तथा वित्तिय संस्थाको नियामक नेपाल राष्ट्र बैंक र बीमा क्षेत्रको नियामक बीमा समिति हो भन्ने तथ्य सिडिओ दाहालले नबुझेका हुन वा बुझेर पनि नटेरेका हुन ? बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँ भन्छन्–‘हामीले पत्र लेखेर हरेक कम्पनीलाई दुई दुई वटा पास उपलब्ध गराउन भनेका थियौं, सिडिओ साबले राष्ट्र बैंक जानु भन्नु भयो, त्यसपछि समितिले चाँही ललितपुर सिडिओ कार्यालयबाट पास बनाएर चलाएका छौं ।’

सिडिओले पास दिन नमानेपछि बीमा समितिले बुधबार आवश्यक पासको व्यवस्था गरिदिन अर्थमन्त्रालयलाई पत्र लेखेको छ । ‘सिडिओले पास नदिएपछि बुधबार अर्थमन्त्रालयलाई चिठ्ठी लेखेर आवश्यक पासको व्यवस्था गरिदिन भनेका छौं, बिहिबारबाट पास मिल्छ होला’, अध्यक्ष चापागाईँले कर्पाेरेट नेपालसँग भने ।

बीमा समितिलाई नटेरेका सिडिओले शिखर इन्स्योरेन्सलाई भने चैत ११ गते नै ५ वटा पास उपलब्ध गराएका थिए ।
लकडाउन कार्यान्वयनका लागि खटिएका ट्राफिक प्रहरीहरु समेत हैरानीमा परेका छन् । पास बोेकेका अत्याधिक मानिसहरु सडकमा आउन थालेपछि फिल्डमा खटिएका ट्राफिकलाई हैरानी परेको हो । पछिल्ला दिनहरुमा पास बोक्नेहरुको संख्या बढेसँगै सडकमा हिडडुल गर्ने र गुड्ने सवारी साधनहरुको संख्या समेत वृद्धि भैरहेको छ ।

महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले पास उपलब्ध गराउने निकायले पास दिएपछि आफुुहरुले सवारी साधनलाई रोक्न नमिल्ने बताए । ‘पास दिने निकायले पास दिएपछि हामीले रोक्न मिल्दैन्, फेरी पास बोक्नेलाई किन बोकिस् ? कहाँ जान लागिस् भनेर सोध्न पनि मिलेन्, मानिसहरु पास देखाउँछन्, हामी छोडिदिन्छौं’, प्रवक्ता श्रेष्ठले भने ।  फिल्डमा खटिने ट्राफिकहरुले पनि पास बोक्नेहरुको संख्या अत्याधिक मात्रामा वृद्धि भैरहेको बताउने गरेका छन् ।

Advertisement

Advertisement

Advertisement