एनआईसी एशियाको वर्ल्ड र अर्विट रेमिटसँग सहकार्यमा, अब घरमै बसेर रेमिट्यान्स पठाउन सकिने

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंक तथा नेपालका अन्य जुनसकै बैंक खातामा वर्ल्ड रेमिट र अर्विट रेमिट मार्फत विश्वका विभिन्न ५० भन्दा बढी देशहरूमा रहेका नेपालीहरूले अब बिना कुनै झन्झट घरमै बसेर अनलाइन रकम जम्मा गर्न सकिने भएको छ ।

विश्वभरी नै महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट कैयौँ सहरहरू लकडाउनको अवस्थामा छन् । यस्तो अवस्थामा एनआईसी एशिया बैंकले वर्ल्ड रेमिट र अर्विट रेमिटसँग सहकार्य गर्दै घरमै बसी स्वदेशमा रहनुभएका परिवार तथा आफन्तजनलाई रकम पठाउन मिल्ने व्यवस्था गरेको हो ।

कोरोनासँगको लडाईमा सरकारलाई साथ दिन एन आई सी एशिया बैंकले विदेशमा रहनुभएका परिवारका सदस्य तथा आफन्तहरूले पठाएको रकम नेपालमा रहेका जुनसुकै बैंक खातामा जम्मा गर्न मिल्ने सुविधा ल्याएको हो । जसबाट ग्राहकहरूले लकडाउनको समयमा घरबाट बाहिन नगई रेमिट्यान्स सुरक्षित गर्न सक्ने छन् ।

यस योजनाले विदेशमा रहेका नेपालीहरूले रकम पठाउन रेमिट्यान्सको शाखासम्म पुग्ने समयको बचतसँगै आफ्ना परिवारजन तथा आफन्तहरूलाई तुरून्त रकम पठाउन सक्ने छन् । यसले गर्दा विदेशमा रहनुभएका नेपाली नागरिकहरूलाई लकडाउनको समयमा पनि आफ्ना परिवारजन तथा आफन्तहरूलाई रकम पठाउन सहज हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement