उत्पतिको प्रमाणपत्र बिनै सार्क राष्ट्र भर आयात/निर्यात खुल्ला गर्ने सहमति

Advertisement

काठमाडौं ।  सार्क देश भर उत्पातिको प्रमाणपत्र नभए पनि आयात निर्यात खुल्ला गर्ने सहमति भएको छ । सार्क देशका बाणिज्य सहसचिवहरुको भिडियो कन्फेरेन्सले लकडाउन अवधीभर उत्पतिको प्रमाणपत्र नभए पनि आयात निर्यात खुला गर्ने निर्णय गरेको बाणिज्य मन्त्रालयका सह सचिव नवराज ढकालले बताए ।

लकडाउन सकिएपछि भने आयात तथा निर्यात गरिएका वस्तुहरुको उत्पतिको प्रमाणपत्र पेश गर्नुपर्नेछ । भिडियो कन्फेरेन्सले उत्पतिको डिजिटल प्रमाणपत्र र फोटोकपी समेत स्वीकार गर्ने निर्णय पनि गरेको सह सचिव ढकालले बताए ।

यो सहमतिले निर्यात तथा आयातमा सहजता थपिनेछ । बाणिज्य मन्त्रालयका सहहसचिव ढकालका अनुसार भिडियो कन्फेरेन्समा पाकिस्तान बाहेक सबै सार्क देशका सह सचिवहरुको सहभागीता थियो ।


यो व्यवस्थाले नेपाली उद्योगहरुको उत्पादन गरेका वस्तु सिधै निर्यात गर्न सक्नेछन् । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले उत्पतिको प्रमाणपत्र जारी गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement