नेपाल लाइफको डिजिटल क्यालेन्डर सार्वजनिक

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिखसहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो ।

डिजिटल क्यालेन्डर कुनै पनि कम्प्युटर तथा मोवाइलबाट https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing लिङ्कमा गई सहजै प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रोभन्दा सरल र सजिलो हुने कम्पनीको भनाई छ ।

कम्प्युटर तथा मोवाइलका लागि लिङ्कः
http://www.nepallife.com.np//images/NepalLife_Calander.pdf

एन्ड्रोइड भर्सनका मोवाइलका लागि लिङ्कः
https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view

यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

Advertisement

Advertisement

Advertisement