कोरोना अस्पतालमा राम्रो उपचार नपाएर ज्यान गुमाएका बाबुरामको ११ दिनपछि शब उठाइयो

Advertisement

बुटवल । कोरोना संक्रमणको आशंकामा राम्रो उपचार नपाएर बुटवलको कोरोना अस्पतालमा चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि उनको परिवारले बुझेको छ ।

बुधबार भएको सर्वपक्षीय बैठकले राहत दिने निर्णय गरेपछि शव उठाउन परिवार सहमत हो । उपचारमा लापरबाही भएको भन्दै परिवारले क्षतिपूर्ति माग गर्दै शब बुझ्न अस्वीकार गर्दै आएको थियो । बाबुरामको मृत्युभएको ११ दिनपछि आज अन्तिम संस्कार गरिएको छ ।

बुटवलमा क्रियाशीला सामाजिक संस्था, मृतकका आफन्त र सामाजिक विकास मन्त्रालयबीच भएको छलफल र सहमतिमा शव उठाइएको हो । मृतककी श्रीमतीलाई स्थानीय तहमा जागिर दिलाउने र दुई छोरालाई कक्षा १२ सम्म निशुल्क पढाउने सहमति भएको बैठकमा सहभागी एक नेता विनोद पहाडीले जानकारी दिएका छन् ।

साथै, मृतकका परिवारलाई सामाजिक संघसंस्थाले आठ लाख रुपियाँ राहत दिने, पाल्पाली समाजले पाँच लाख ५० हजार, टण्डन समाजले एक लाख ५० हजार र थापा समाजले एक लाख राहत जुटाएर परिवारलाई दिने सहमति भएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement