कोरोना उपचार कोषमा महालक्ष्मी विकास बैंकले रु.५० लाख आर्थिक सहयोग

Advertisement

काठमाडौँ । सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा महालक्ष्मी विकास बैंकले रु.५० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बैकले संघीय सरकारलाई रु.१२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले रु.२८ लाख र विभिन्न स्थानीय क्षेत्रहरुमा रु.१० लाख सहयोग गर्ने भएको हो ।

बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रीय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने र स्थानीय तहहरुमा शाखाहरुसँग समन्वय गरी वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन बैंकका प्रमुख कार्यकारी अधिकृत(सीईओ) कृष्णराज लामिछानेले बताए ।

Advertisement

Advertisement

Advertisement