सरकार नै भन्छ– यी जडिबुटी सेवन गर्नुस्, कोरोनाले छुन सक्दैन्

Advertisement

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोना भाइरस (कोभिड १९)को उपचार तथा खोप तयार भइनसकेको अवस्थामा यो रोग लाग्न नदिन शरीरमा रोग प्रतिकारात्मक क्षमता बढाउनु नै उत्तम उपाय हो भन्दै विभिन्न जडिबुटी प्रयोग गर्न सिफारिस गरेको छ ।

विभागले शरीरमा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण र एन्टिमिक्रोवायल तथा एन्टिभाइरल गुण भएका विभिन्न जडिबुटीहरुको नियमित प्रयोग गर्न आग्रह गरेको छ ।

विभागले त्यसका लागि गुडूची (गुर्जो), असुराको पात, बेसार, सुठो, मरिच, पिप्ला, तुलसी, तेजपात, दालचिनी जस्ता जडिबुटीहरु सेवन गर्न सकिने भन्दै यी जडिबुटी प्रयोगको तरिकासमेत सिकाएको छ ।

Advertisement

Advertisement

Advertisement