भारतमा लकडाउन थप्ने तयारी, पाँच हजार संक्रमित, १४९ जनाको मृत्यु

Advertisement

काठमाडौं । भारतमा लकडाउन पुनः थप्ने तयारी अघि बढेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सर्वदलिय बैठक राखेर लकडाउन बढाउने संकेत गरेका हुन् । लकडाउन बढाउने मोदीको तयारीलाई अधिकांश प्रदेशका मुख्यमन्त्रीहरुले पनि साथ दिएका छन् ।

भारतले हाल जारी गरेको लकडाउन अप्रिल १४ तारिखका दिन सकिँदैछ । कोरोना भाइरस महामारीको अधिक चपेटामा रहेको राजश्थानका मुख्यमन्त्री अशोक गहलोतले लकडाउन २१ दिनमै अन्त्य गरिनु नहुने धारणा राखेका छन् । उनले २१ दिनमै लकडाउन अन्त्य गर्दा त्यसको कुनै सकारात्मक प्रभाव नदेखिने भएकाले अवधी थप्नुपर्ने धारणा राखेका छन् ।

मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि लकडाउन बढाउने संकेत गरेका छन् । छत्तिसगढ प्रदेशले पनि लकडाउन बढाउनुपर्ने भनेको छ । तेलंगानाका मुख्यमन्त्री चंद्रशेखर रावले पनि लकडाउन बढाउन सुझाव दिएका छन् ।

भयावह बन्दै अवस्था
भारतमा हालसम्म ५ हजार एक सय ९४ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये ४०२ जना उपचारपछि स्वास्थ्य लाभ गर्दै घर फर्किएका छन् । भारतमा कोरोनाका कारण मृतकको संख्या १४९ पुगिसकेको छ ।

Advertisement

Advertisement

Advertisement