रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ बनाउन विकास समिति सभापतिले गराइन् ध्यानाकर्षण

Advertisement

काठमाडौँ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको ध्यानाकर्षण गराएकी छिन् ।

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरण गर्न सङ्घ, प्रदेश र स्थानीय तहका बीच आआफ्ना ठाउँबाट स्रोतसाधनको अधिकतम उपयोगद्वारा हरसम्भव प्रयास भइरहेको सभापति खड्काद्वारा ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

रौतहट जिल्ला अस्पतालमा हालसम्म पनि आइसोलेसन वार्डको व्यवस्था नभएको जनाउँदै उनले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गरेकी छिन् । सो अस्पतालको क्षमता ५० श्ययाको रहेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement