कोरोना कहरमा बैंकिङ क्षेत्रः अन्तर्राष्ट्रिय अनुभव र हाम्रा प्राथमिकता

Advertisement

कोरोना भाइरस (कोभिड १९)को महामारी सामना गर्न बैंकहरुले विभिन्न कदमका श्रृंखलाहरू चालु गरिसकेका छन् । हामीले देखेका सामान्य चरणहरूमा केन्द्रीय टास्क फोर्स स्थापना, यात्रा घटाउने, ठूलो संख्यामा हुने भेला बन्द गर्ने, काम गर्ने टिमहरु अलग–अलग गर्ने, टेलिवर्किङबाट काम गर्ने व्यवस्था गर्ने बाह्य÷बिक्रेता अन्तर्कक्रिया (एक्सटर्नल–भेण्डर–इन्टर्याक्सन) नीतिहरू पुनर्ताजगी गर्ने कार्यहरु पर्दछन् । यी तत्काल र आधारभूत कार्यहरू बाहेक बैंकहरुले जैविक र बजार दबावको विशेष संयोजन अनुरुप यिनीहरुले विश्वव्यापी बजारमा पार्ने प्रभाव सामना गर्न तीन उपायहरूलाई प्राथमिकता दिनुपर्दछ । यी बुँदाहरुले चीन, इटाली र अरु धेरै देशहरुको अनुभवलाई आकर्षित गरी यी देशहरुबीच आर्थिक र राजनीतिक संरचना, स्वास्थ्य सेवा प्रणाली र सामाजिक एंव सांस्कृतिक मापदण्डहरुमा भिन्नता छ भनेर इङ्गित गर्दछ ।

Advertisement

तत्कालिन तीन मन्त्र १) केही महिनासम्म स्थायित्वका लागि जनशक्ति व्यवस्थापन सामान्यीकरण गर्ने । एक शीर्ष प्राथमिकताका रूपमा, लगभग विश्का सबै कम्पनी तथा फर्महरूले आफ्ना जनशक्ति बचाउन र कोभिड १९ फैलिनबाट रोक्न पहिले नै सक्रिय कदम चालेका छन् । यी कदमहरुमा यात्रा प्रतिबन्धित गर्ने र अन्य रोकथाम उन्मुख नीति लिने, कार्यस्थलको सरसफाइमा ध्यान दिने, काम गर्ने वैकल्पिक तरिकाहरू प्रदान गर्ने र सक्रिय संचार सुरू गर्ने समावेश छन् ।
जहाँसम्म, हामीले चीन, अमेरिक, ईटली लगायत अन्य मुलुकहरुको अवस्थाका बारेमा थाहा पाएका छौं, कोरोनाको प्रसार तथा रोकथामका लागि स्वस्थ्य निर्मुल उपायहरूमा अझै महिनौं समय लाग्न सक्छ भन्ने बारेमा हामी प्रष्ट छौ । तसर्थ, बैंकहरूले सुनिश्चित गरेको हुनुपर्दछ कि आफुहरूले अँगालेका उपायहरू दिगो हुनुका साथै आफ्ना जनशक्तिको मानसिक र वित्तीय अवस्था पनि चुस्त दुरुस्त रहुन । सर्वाधिक कुशल तरिकाले काम गर्ने गरी डिजाइन गरेका हुन्छन् । यस बाहेक पनि सबैभन्दा बढी प्रभावित हुने ज्यालादारी र करार कामदारहरूको लागि विशेष प्याकेज आवश्यक रहन्छ ।
बैंकहरूले ग्राहक, समाज र बजारमा अझ व्यापक रूपमा आवश्यक सेवाहरू प्रदान गर्ने हुनाले उनीहरूले कार्यको संवेदनशीलता र जोखिम सामनाका आधारमा सावधानीपूर्वक विभाजित दृष्टिकोण अपनाइ जनशक्ति व्यवस्थापन गर्नुपर्छ । ग्राहकहरूसँग प्रत्यक्ष सामना गर्नुपर्ने वा कार्यालय परिसरमै आएर काम गर्नुपर्ने कर्मचारीहरु जस्तै शाखाका कर्मचारीहरू, कल-सेन्टर सेवा, बिक्री तथा मार्केटिङ, ट्रेजरी विभागका कर्मचारीहरू, साथै केही सुविधाहरू र संरक्षक कर्मचारीहरू आदिका लागि विशेष सावधानी अपनाउनु पर्ने हुन्छ । यस सम्बन्धमा, कोरियाको शिन्हान बैंकले आफ्नो १५० कल सेन्टर कर्मचारीलाई रिमोट एक्सेसबाट काम गर्न र वित्तीय सेवा सम्बन्धी सोधिने प्रश्नहरू जस्ता ग्राहकको पहुँच आवश्यक नपर्ने गतिविधिहरूलाई सम्हाल्न निर्देशन दिँदै अधिक विस्तृत अनुरोधहरू कार्यालयमा बसेर काम गर्ने जनशक्तीहरूलाई पठाउने व्यवस्था मिलायो । यो एउटा सफल कार्य एंव सह्रानिय कार्य अभ्यासका रुपमा स्थापित भएको छ ।ट्रेडिङ गतिविधिहरू बजारको कामका लागि केन्द्रिय हुन्छन् तर प्रविधि र अनुपालन आवश्यकताहरूको कारण सजिलै रिमोट एक्सेसबाट कार्यान्वयन गर्न सकिँदैन । भाइरस सबै प्रमुख वित्तीय केन्द्रहरूमा पुग्ने भएकोले एकसाथ संक्रमणको रोग फैलँदै जाने सम्बन्धम दुईमत छैन् । यस्तो अवस्थामा संक्रमण भइहालेमा संक्रमण भएको स्थान र छेउछाउका स्थानमा संस्थाहरूले ब्याकअप योजनाहरूको निरीक्षण र परीक्षण गरी यी योजनाहरू व्यवस्थित गर्नका लागि स्पष्ट ट्रिगरहरू स्थापना पनि संगसंगै गर्नुपर्छ । ब्याकअप योजनाहरूमा तुरुन्तै घरबाटै काम गर्न सक्ने सम्भाव्यता समावेश गर्नु पर्दछ, जसका लागि नियामक क्लियरेन्स र बलियो प्राविधिक परीक्षण समय अगावै गरिनुपर्छ ।रिमोट एक्सेसबाट कार्य गर्न सम्भव भएका क्षेत्रका कामदारहरूका लागि (एउटा समूह जुन राम्रोसँग सुरुमा परिकल्पना गरिएको भन्दा ठूलो हुनुपर्दछ), बैंकहरूले नीति, अभ्यास र नियन्त्रणहरूको समीक्षा गरी र नयाँ कार्य वातावरणमा उनीहरूलाई अनुकूल बनाउनु पर्छ । ‘वर्क एट होम’ संगठनहरू र दिनचर्याहरू, प्रतिफल(आउटपुट)मा आधारित उत्पादकत्व व्यवस्थापन र प्राविधिक क्षमताहरूलाई विशेष प्राथमिकता दिनुपर्छ । समानान्तर रूपमा बैंकहरूले कर्मचारी सम्बन्धहरू र आन्तरिक टेक्निकल सेवामा पर्याप्त कर्मचारीहरू छन् र सम्भावित नयाँ तथा उन्नत स्तरका अनुरोधहरू समाधान गर्न प्रशिक्षित छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्दछ । मुख्य विचारहरू डाटा सुरक्षा, धोखाधडी, साइबर सुरक्षा, र गोपनीयताका क्षेत्रमा चनाखो हुनुपर्दछ । विशेष गरी व्यक्तिगत पहिचान योग्य जानकारीको सम्बन्धमा सुरक्षा बैंक व्यवस्थापकहरूले पनि परीक्षण(दबाव बनाएर गर्नुपर्छ । व्यापार निरन्तरता र प्रकोप रिकभरी योजनाहरू अपडेट गर्नुपर्दछ, जुन आवश्यक छ ।२) खुद्रा उपभोक्ताहरूलाई आवश्यक बैंकिङ सेवाहरू प्रदान गर्ने ग्राहकहरुलाई यस्ता कठिन परिस्थितिहरुमा पनि अत्यावश्यक बैंकिङ सेवाहरूको आवश्यकता निकै पर्दछ । रिमोट एक्सेसबाट सेवाहरूको व्यापक प्रयोगलाई प्रोत्साहित गर्दै उपयुक्त सुरक्षा संयन्त्रका साथ बैंकहरूले शाखा, एटीएम र मोबाईल बैकिङ्ग अपरेशनहरू जारी राख्नुपर्दछ । यस दृष्टिकोणले डिजिटल पद्धतीहरू अपनाउने सम्भावना कम भएका र कोभिड–१९ बाट बढी प्रभावित हुने खतरा रहेका जनसंख्याको पाको उमेर लगायत सबै उपभोक्ता क्षेत्रहरूमा आवश्यकता र प्राथमिकताहरू प्रति बढि जिम्मेवार हुनु पर्दछ । संस्थाहरुले निरन्तर अनुगमन गर्न, क्षमता समायोजन गर्न र जोखिमहरूलाई कम गर्नका लागि व्यक्ति–सेवाहरूको लागि उपभोक्ताको मागको आँकलन गर्न सक्दछन् । उदाहरणको लागि, चीनको केहि क्षेत्रमा बैंकहरूले एटीएम पहुँच बाहेकको क्षेत्रहरुमा सेवाहरूको सीमितता र माग अवलोकन गरि ग्राहक सेवामा बाधा नपर्ने गरी अधिकांश शाखाहरु बन्द गर्न सफल भए । हङकङ, इटाली र जर्मनी लगायतका धेरै देशका बैंकहरूले पनि कर्मचारी र सेवाको समयमा रोक लगाउन केही शाखा पनि बन्द गरिसकेका छन् । कोरियाले भने आक्रामक भाइरस परीक्षण अपनाएर सक्रिय केस पत्ता नलागेसम्म, शाखाहरू खुला अवस्थामा राख्न खोजेको देखिन्छ ।रोग नसरोस भन्नका लागि कतिपय बैंकहरुले आफनो भौतिक स्थानहरूमा ग्राहक मैत्री कडा बिधि अपनाएर पनि स्वास्थ्यलाई सुरक्षित राख्दै प्रणाली प्रति धेरै विश्वास जगाउन सकेका छन् । सबै शाखाहरू र एटीएमहरूको राम्रो सफाई(डिप क्लिनिङ) व्यक्तिगत साइन–अफहरूको विकल्प र रिमोट सल्लाह दिने क्षमताहरूको साथसाथै थप सेवा दिनसक्ने शाखाहरू पर्दछन् ।बैंकहरूले चाँडै सुधार गर्न सकिने प्रमुख कार्यहरू पहिचान गरेर आफ्नो हालको डिजिटल सेवाहरू बढाउन सक्दछन् । उदाहरणका लागि ती अनलाइन गतिविधिहरुको सीमा बढाउन सकिन्छ, जुनकार्य नेपाल राष्ट्र बैंकको निर्देसानुसार नेपालका बैंकहरुले हालसालै बृद्धि गरिसकेको अवस्था छ । तिनीहरूको पासवर्ड रिसेट गर्न प्रक्रिया सरल बनाउन सकिन्छ । फ्रड र सूचना सुरक्षा जोखिमको सम्भावना पनि उत्तिक्कै रहने हुनाले बैंकहरूले शिघ्र प्रोडकट विकास टोलीमा जोखिम प्रोफेसनलहरू समावेश गर्नुपर्दछ र समानान्तर रुपमा नियन्त्रण प्रकृया चलाउनु पर्छ । यद्यपी हामीले हाम्रो जोखिम वहन गर्ने क्षमतालाई केही माथितर्फ समायोजन गर्न र यसलाई स्पष्ट बनाउन आवश्यक पर्दछ । भर्खरको नियामक संचारले संकेत गर्दछ कि यस्तो समायोजन, यदि राम्रोसँग जाँच गरीएको छ र राम्रोसँग संचार गरियो भने सकारात्मक परिणाम नै प्राप्त हुन्छ ।३) सामाजिक मिशन पूरा गर्न परिवार र व्यवसायलाई कर्जा दिइ समर्थन गर्ने यस संक्रमणले विश्वमै बहुसंख्यक घरपरिवार र व्यवसायहरू तथा आर्थिक गतिविधीमा वर्तमान स्वास्थ्य र सुरक्षा उपायहरूको अभूतपूर्व प्रकृति र नकारात्मक रूपले प्रभावित भएका छन् र यो क्रम बढदो छ । र रिसेशन—डिप्रेशन दुबै देखिदै गएको छ । क्वारेन्टाइन उपायहरूको प्रभावले मानिसहरु यात्रा गर्न नसकेकाले कम गतिविधिको कारण रोजगारीको अभाव विशेष रूपमा देखिन थालेको छ । यात्रा तथा यातायात, होटल तथा पर्यटन, मनोरंजन, तेल तथा ग्यास, स्वास्थ्य सेवाका साथै कृषि क्षेत्रहरु, खासगरी साना व्यवसायहरू जस्तै रिमोट एक्सेसबाट र अनलाइन डेलिभरीमा काम गर्न नसक्नेहरू र सर्वाधिक जोखिमयुक्त क्षेत्रमा क्याटरिङ गर्ने कार्यहरू बढी प्रभावित भएका छन् ।अमेरिका जस्ता मुलुकमा आजको दिनमा करिब ७० लाखले रोजगारीमा जान नसकेको र वञ्चित हुनपुगेको छ । आउदो समयमा यो संख्या करोडमा पुग्ने अनुमान गरिएको छ । यस परिवेशमा बैंकहरुले दोहरो दबाव झेल्नुपर्ने अवस्था रहन्छ । एउटा जो पहिले नै ऋणमा छन्, उनीहरुको लागि दबाब विशेष गरी तीव्र हुनेछ र अर्को संभवतः यी व्यक्तिहरूलाई कर्जाका लागि दैनिक तरलता आवश्यकताहरू पूरा गर्न बैंकहरूको थप सामथ्र्य आवश्यक पर्दछ । यसरी तरलताको साथ परियोजना जोखिम बहन गर्ने सामथ्र्य जरुरी हुन्छ जुन अहिले नेपाल राष्ट्र बैंकले बैैकिङ उपकरण मार्फत केहि खुकुलो अर्थात सहजता दिएको छ ।कर्जाको परिप्रेक्ष्यमा बैंकहरूले द्रुत रूपमा बढी प्रभावित क्षेत्रहरू र ग्राहकहरू पहिचान गरी कसरी उनीहरू आफ्ना ग्राहक र समुदायको लागि अधिक सहयोगी हुन सक्छन् भनेर बुझ्नुपर्ने हुन्छ । केहीले पहिले नै सरल भुक्तान तालिका र ऋण उपलब्धता विचार गर्दैछन् । त्यसो गर्दा बैंकहरूले इटाली र अन्यत्रबाट सिकेका पाठहरू छन् जुन अनुभवको रुपमा लिन सकिन्छ ।अन्तर्राष्ट्रिय अनुभव यसमा ग्राहकलाई उनीहरूको अवस्था बुझ्नको लागि सक्रिय रूपमा संलग्न गराउने, अपेक्षित आवश्यकताको आधारमा विभागहरू विभाजन गर्ने, सहायताका उपायहरू सबैभन्दा प्रभावकारी हुने आन्तरिक दृष्टिकोण विकास गर्ने, प्रारम्भिक रुपमा भाखा नाघ्ने र निष्कृय कर्जाका लागि जोखिम न्यूनीकरण गर्ने कार्यहरूको समायोजन गर्ने व्यवस्था समावेश छन् । बैंकहरूले विगतमा प्राकृतिक प्रकोप सामनाका लागि एक हिस्साको रूपमा यी राहतका उपायहरू लिएका छन, यस अवस्थालाई अहिले धेरै व्यापक भौगोलिक क्षेत्रको आवश्यकता अनुरुप विस्तारित गर्दै लगेका छन् । यो कठिन समयमा ग्राहकहरूलाई सहयोग र्पुयाउँदा ग्राहकसँगको सम्बन्ध अझ प्रगाढ हुनेछ र अर्थव्यवस्थाको प्रमुख सक्षमकर्ताहरूको रूपमा बैंकहरूको भूमिकाको पुष्टि हुनेछ ।विश्वभरका नियामकहरूले चुनौतीलाई राम्ररी नै बुझेर पहिले नै बैंकहरूको लागि सरलीकृत नियमहरू ल्याएका हुन्छन् । एशियामा बैंक अफ जापानले जापानी सरकारी ऋणपत्र, अमेरिकी डलर कोष (आपूर्तिको संचालन, विनिमय) कारोबार कोष र घर जग्गा लगानीको ट्रस्ट सहित विभिन्न संचालनको माध्यमबाट मौद्रिक नीति खुकुलो बनाएको छ । अमेरिकामा नियामकहरूले आफ्नो पूँजी र तरलता बफरहरू प्रयोग गरी कर्जा दिने र अन्य सहयोगी कार्यहरू सुरक्षित र उचित ढंगले गर्ने फर्महरूको लागि यी बफरहरू प्रतिकूल परिस्थितिमा अर्थव्यवस्थालाई सहयोग गर्नका लागि डिजाइन गरिएका थिए भनेर समर्थन व्यक्त गरेका छन् । यसले बैंकहरूलाई घर र व्यापारिक सेवाहरू सूचारु राख्न पनि अनुमति दिनेछ । फेरि थप नयाँ बिशेष बैकिङ ऐन नै ल्याउन प्रयास भैरहेको पनि अमेरिकी संचार माध्यमले जनाएका छन् ।तरलतामने परिप्रेक्ष्यमा एकसाथ आपूर्ति र मागको आघातले उद्योगहरूमा रहेका कम्पनीहरूलाई चालु पूँजी र नगदको स्टकलाई सहयोग र्पुयाउन क्रेडिट लाइनमा रकम झिक्न दबाब दिएको छ । बजारको तरलता व्यवस्थापन र ग्राहकहरुको परिवर्तनशील ऋणको आवश्यकतालाई अधिकतम प्रभावकारी रुपले सहायता गर्न कडा आन्तरिक तरलता–व्यवस्थापन अभ्यासहरू बैंकहरूलाई आवश्यक पर्दछ । यस्तो क्राइसिसको गम्भीरताले क्रेडिट लाइनमा अपेक्षा भन्दा अधिक ड्रइङ निम्त्याउने सम्भावना छ । उच्च बजार अस्थिरताले पनि डेरिभेटिभका लागि मार्जिन कल बढाउँछ । एक महिना अवधिमा बहिर्वाह हेर्ने तरलता कभरेज अनुपात एक लामो अवधि संक्रामक बाट तरलताको लागि सबै जोखिम न्युनीकरण गर्न पर्याप्त नहुन सक्छ । बैंकहरूले आफ्नो जोखिम मोडेलहरू अपग्रेड गर्नुपर्नेछ र केन्द्रीय बैंकहरूमा पुनरकर्जाका सहज बाटो हुन जरुरी पर्दछ । हामी यसो गरौंभविष्यको लागि वित्तीय योजना बनाउन दबाब परीक्षण हामी आशा गर्न सक्छौं कि वित्तीय संस्थाको प्रदर्शनमा शुल्क, ब्याज आम्दानी, घाटा, र खर्च जस्ता सबै आयामहरुमा फिट हुनेछ । यद्यपी क्षेत्र र ग्राहकको आधारमा, विस्तृत रूपमा परिदृश्यमा निर्भर हुने भेरियन्सहरू ठोस हुनेछन् जुन अन्ततः देखा पर्दछ । कोभिड–१९ संकटको वास्तविक वित्तीय प्रभाव अत्यधिक अनिश्चित र बैंक निर्भर हुन्छ, निम्न कुरा आँकलन गर्न सकिन्छ ।१) रिटेल कारोबारमा कम उपभोक्ता खर्च, सम्पत्ति(व्यवस्थापन विभागहरूमा व्यवस्थापन अन्तर्गत सम्पत्ति घट्ने र लगानी गर्ने क्रियाकलापमा मन्दीको कारण शुल्क आम्दानी घट्ने सम्भावना छ ।२) खुद ब्याज मार्जिन संकुचित रहनेछ, किनकि व्याजदरहरू कम रहन्छ वा थोरै तल झर्दछ । कर्जा लिने भोल्युममा कुनै वृद्धि, उदाहरणका लागि, क्रेडिट लाइनहरूमा गिरावटलाई, क्रेडिट पोर्टफोलियोमा हुने घाटाले अफसेट हुन सक्छ ।३) कर्जा घाटा प्रायः सबै क्षेत्रहरुमा, साना व्यवसायहरु र केहि खुद्रा क्षेत्रहरु (उदाहरणका लागि स्वरोजगारमा काम गर्नेहरू, घण्टा(ज्याला कमाउने, विना धितोका प्रोडक्टहरु)मा बढ्नेछ । वाणिज्य बैंकिंङ भित्र, कृषि (नासहुने वस्तु) यात्रा, पर्यटन, र मनोरञ्जन क्षेत्रहरु सबैभन्दा कठिन हिट हुनेछ । तेल र ग्यासमा कर्जा दिनका लागि पनि चुनौती हुन सक्छ, तेल उत्पादन र मूल्य भूराजनीतिक कारकमा बढी निर्भर गर्ने हुनाले अन्तिम परिणाममा असर गर्नसक्छ । सबै उद्योगहरूमा, साना र कम कुशल व्यवसायहरू बढी प्रभावित हुन्छन् ।४) रिमोट कामले सेटअपको लागि लागत बढाउन सक्दछ र प्रति घण्टाका हिसाबले काम गर्ने कामदार तथा आकस्मिक कर्मचारीलाई सामान्यतया भुक्तान गर्ने रकममा हुने कटौतिले केही भरथेग गर्न सक्छ ।पाँच मुलमन्त्र फ्रडका कारण संचालन घाटा पनि बढ्ने सम्भावना उत्तिकै छ । द्रुत विकास भइरहेको परिदृश्य अन्तर्गत आफ्नै पोर्टफोलियोमा प्रभाव बुझ्नको लागि, बैंकहरूले नजिकबाट निरन्तर अनुगमन गरी परीक्षण उपकरणहरू लागू गर्न आवश्यक छ । त्यसो गर्नका लागि बैंकहरूले आफ्नो भइरहेको दबाब परीक्षण फ्रेमवर्कको बृहत पूंजीगत विश्लेषण र समीक्ष(कम्प्रिहेन्सिभ क्यापिटल एनालाइसि एण्ड रिभ्यु–सिसिएआर) को भागको रूपमा विकसित पूँजी पर्याप्तता जस्तै पूर्वाधारबाट लाभ उठाउन सक्दछन् । वित्तीय अवस्थामा सुरक्षा र चुस्तता ल्याउँदै प्रभावलाई सीमित राख्न, बैंकहरूले एक अप–टु–डेट र परिदृश्यमा आधारित व्यापारमा अपेक्षित वित्तीय प्रभावको दृष्टिकोण राख्नुपर्ने हुन्छ । तथापि, त्यसो गर्दा पाँच मुख्य अपरिहार्यतालाई ध्यान दिनुपर्दछ ।१) बैंकहरूले कुन उद्योग र क्षेत्रहरू सबैभन्दा नजिकको खतरामा छ भनेर पहिचान गर्न आवश्यक छ र चाँडै विश्लेषण संकेत र प्रारम्भिक चेतावनी संकेतहरूको लागि डाटा अनुगमन गर्ने ।२) नराम्रो प्रभाव पार्ने परिदृश्यहरू पहिचान गर्न दबाब परीक्षणलाई उल्ट्याउने ।३) सम्भावित भाइरसको प्रसार र मानव सामनाको वरिपरि परिदृश्यहरू निर्माण गर्ने ।४) परिस्थिति निर्भर निर्णयहरूको कारण सम्भव मोडेलहरूमा निर्मित धारणाहरू पकड हुन नसक्लान्, भइरहेको मोडेलहरूमा निर्मित प्रदर्शन अनुमानहरू जाँच गर्ने ।५) खर्च लगायत निकट अवधिका कार्यका प्रभावहरू समावेश गर्ने । ति प्रभावहरू महत्वपूर्ण हुन सक्छन् र यसलाई अझ राम्रोसँग बुझ्न आवश्यक छ ।विगत अवधिहरुमा भएको वित्तीय संकटले खडा गरेको प्रणालीगत जोखिमहरूमा बैंकहरू बढी नै केन्द्रिकित भएको देखिन्छ । विद्यमान प्रवृत्तिहरूको संख्यामा यसको सीधा अनुपातमा यस माहामारीको पहुँच र अवधि अझ बढि हुनसक्छ । अर्को हप्ता वा महिनामा हामी सबैंको नयाँ दिनचर्यामा रूपान्तरित हुँदै जाँदा बैंकहरूले यसलाई के गर्ने र के नगर्ने, वा गर्नुहन्न भन्ने कुराको परीक्षण क्षेत्रको रूपमा लिन जरुरी छ र साथै आफनो मानव संसाधन, संगठनात्मक, सुशासन र संस्कृति रूपान्तरणका लागि बढि ध्यान दिनुपर्छ । त्यस्तै, ग्राहक दिनचर्या र अपेक्षाहरू दुबै डिजिटल अनुकूलन तथा सक्रिय संचार र हेरचाहको अपेक्षामा पनि अर्थपूर्ण अनुपातमा परिवर्तन पनि गर्दैजाने पर्नेहुन्छ । बैंकहरूले हालको स्थितिले प्रदान गर्ने पाठहरूलाई होशियारीपूर्वक लिनुपर्दछ र दुबै संचालन र वित्तीय लचिलोपनाको उच्च डिग्री निर्माण गर्दै डिजिटल रूपान्तरणलाई सूचित गर्न प्रयोग गर्नुपर्दछ ।निष्कर्षमा, बैंकहरुले देहाय बमोजिमका चुनौतिहरुलाई पक्कै पनि ध्यान केन्द्रित गराई आगामी रणनीति प्रति अग्रसर भई कार्यगर्न पर्नेछ । १) कोभिड–१९ व्यवसायमा पर्ने प्रभाव । २) संकटमा नेतृत्वः कोरोना भाइरस प्रकोप र भविष्यका चुनौतीहरूको सामना । ३) कोरोना भाइरस भन्दा परः अर्को सामान्य दिन चर्याका लागि मार्ग । ४) हाम्रो जीवन र हाम्रो जीविकाको रक्षाः हाम्रो समयको अपरिहार्यता । ५) कसरी हाम्रो संगठनको लागि सही ‘नियन्त्रणको स्प्यानहरू’ पहिचान गर्ने । ६) सरकार र केन्दिय बैंकसंग आपतकालिन कार्यक्रममा पहुच सम्बन्धी व्यवस्थामा कार्य गर्ने विधी . ७) ग्राहीसंग आवद्ध संगसंस्थाहरुसंग सुझाव र समन्वयनिक्षेप संकलनकर्ताहरू, ऋण अनुदानकर्ताहरू र भुक्तानी सहजकर्ताहरूको रूपमा बैंकहरूले अर्थ व्यवस्थाको कामका लागि महत्वपूर्ण भूमिका खेल्छन् । बैंकहरुले केवल व्यावसायिक उद्यमहरू मात्रलाई नभई व्यक्ति र समुदायहरूलाई महत्त्वपूर्ण सेवाहरू पनि प्रदान गर्छन् । तसर्थ, उनीहरु र उनीहरूको कार्यवल स्वास्थ्य, संचालनको निरन्तरता र सुरक्षा र सुदृढता महत्वपूर्ण छ । हाल बाहिरबाट आएको कोरोना भाइरसको चुनौतिले बैंकहरूलाई कम्तिमा पनि सामाजिक भलाइका लागि सेवाहरू प्रदान गरेर प्रणालीगत स्टेबलाइजर्सको रूपमा आफ्नो भूमिका प्रमाणित गर्ने अवसर प्रदान गरेको छ भन्नु आवश्यक छैन, यस काममा कतिले ग¥यो र कतिले गरेन ।

अनिलकुमार उपाध्याय कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।

Advertisement

Advertisement