अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलवभत्ता नकाट्न पूर्वराजाको सल्लाह

Advertisement

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिलेको संकटको घडीमा अहोरात्र खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलव भत्ता नकाट्न सरकारलाई सुझाव दिएका छन् । उनले ट्वीट गर्दै संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न भन्दै जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पार्नसक्ने औंल्याएका छन् ।

Advertisement

राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुने पूर्वराजा शाहको भनाई छ ।
संकटको यस घडिमा अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायका व्यक्तिहरुसँग सरकारले कुनै आर्थिक सहयोगको आशा राख्नुहुन्न जसले उनीहरुलाई कर्तव्य पथमा बिचलित पारोस्। राज्यले आफ्नो श्रोत, साधनको सही सदुपयोग र ईच्छुक व्यक्ति वा समुदायसँग मात्र यस्तो अपेक्षा राख्नु उत्तम हुनेछ।
साथै, पूर्वराजा शाहले कालोबजारी गर्दागर्दै एक व्यापारी पक्राउ परेको घटनाप्रति पनि प्रतिक्रिया जनाउँदै व्यापारीले नागरिक बिनाको आफ्नो अस्तित्व कसरी कल्पना गर्न सक्छन् ? भनी प्रश्न गरेका छन् ।उनले कोरोना महामारीको यस संकटमा मात्र नभै देश आफ्ना नागरिकप्रति सदा जवाफदेही हुनैपर्छ र नागरिक आफ्नो राज्यप्रति उत्तरदायी हुनुपर्छ भन्दै मातृभूमिको भार, माया र नागरिकप्रतिको आफ्नो दायित्व बिर्सेर धनको लोभ, लालचमा फसेका व्यापारीवर्गले नागरिक बिनाको आफ्नो अस्तित्व कसरी कल्पना गर्न सक्छन् ? भनी प्रश्न गरेका छन् ।

Advertisement

Advertisement