घर जान नपाएर काठमाडौंमा रोकिएकाहरुलाई भोलि र पर्सि जान दिने निर्णय

Advertisement

काठमाडौं । सरकारले भोली र पर्सि काठमाडौं उपत्यकाबाट घर फर्कन दिने निर्णय गरेको छ । उप प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले भोली र पर्सी लकडाउन खोलेर उपत्यकामा रहेका नागरिकहरुलाई घर जान दिने निर्णय गरेको हो ।

काठमाडौंमा काम नभएपछि सैयौं नागरिक हिडेरै घर जान थालेपछि सरकारले भोली र पर्सी घर जान दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि मानिसहरु हिडेरै काठमाडौंबाट बाहिर जान थालेका छन् । लकडाउन अझै लम्बिएर दैनिक उपभोग्य बस्तुहरुको आपूर्तिमा समस्या आउनसक्ने भएकाले सरकारले गाउँ र्फकन चाहनेहरुलाई उपत्यका छाड्ने बाटो खुला गरेको हो ।

सरकारले तोकेको सवारी साधनमा मात्रै घर जान पाइनेछ । रक्षा मन्त्रीका एक सहयोगीका अनुसार प्रदेश सरकार र स्थानीय तहसँगको समन्वयमा उपत्यका छोड्ने व्यवस्था मिलाइने बताए । निजी सवारी साधन प्रयोग गरेर घर जान भने पाइने छैन् । त्यस्तै, उपत्यका बाहिरबाट उपत्यका भित्रिन पनि दिइने छैन् ।

सरकारले कोरोना संक्रमण रोक्ने तयार पारिएको प्रोटोकल पालना गर्दै उपत्यकाका नागरिकलाई घर पठाइनेछ ।

Advertisement

Advertisement

Advertisement