खाद्य वस्तुहरुको स्टक, माग र वितरण प्रणालीबारे उद्योग मन्त्रीले गरे अनुगमन

Advertisement

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, आपूर्ति सचिव वैकुण्ठ अर्याल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले आज चेम्बर अफ कमर्सका अधिकारीहरु संघ छलफल गरेको छ ।

उक्त टोलीले खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणालीबारे नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठसँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक, माग एवम् वितरण प्रणाली बारे छलफल गरेको हो ।

उक्त अवसरमा आपूर्ति समितिको सभापति देवेन्द्र भक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको र सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको बताए ।

छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री भट्टले वितरण प्रणालीबारे सन्तोष व्यक्त गरेका थिए ।

Advertisement

Advertisement

Advertisement