राष्ट्रिय बाणिज्य बैंकको सीईओमा किरणकुमार श्रेष्ठलाई निरन्तरता

Advertisement

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिले किरणकुमार श्रेष्ठलाई अर्को चार बर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ ।

समितिको बिहीबार बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अर्को कार्यकालका लागि निरन्तरता दिने निर्णय गरेको हो । नेपाल बैंकमा रहेर लामो बैंकिं अनुभव संगालेका उनले बैंकको वित्तीय अवस्थामा निकै सुधार ल्याउन सफल भएका छन् । राष्ट्रिय बाणिज्य बैंक मुलुकको सबै भन्दा बढी नाफा कमाउने बैंकमा पर्दछ ।

Advertisement

Advertisement

Advertisement