कोरोना उपचार कोषमा ‘यती समूह’ को एक करोड सहयोग

Advertisement

काठमाडौँ । 'यती समूह’ ले कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गरेको छ । यती समूहका अध्यक्ष लाक्पा सोनाम शेर्पाले आज उक्त नगद सहयोगको चेक हस्तान्तरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो ।

कोभिडको विश्वव्यापी महामारी फैलिरहेको र नेपालमा पनि जोखिम बढेको अवस्थामा सरकारले जनताको जीवनरक्षाका लागि चालेको कदमलाई साथ दिनु राष्ट्रिय व्यावसायिक समूहको कर्तव्य हो भन्दै यती समूहका लगानीकर्ताका तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यती समूहले कोभिडका कारण व्यवसाय ठप्प हुनुका साथै अर्थतन्त्र ओरालो लागेको अवस्थामा व्यवसायभन्दा पनि देश र जनताका पक्षमा यती समूह अभिएको जनाउँदै यस्ता सहयोग निरन्तर जारी राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । कम्पनीले महामारी न्यूनीकरण तथा रोकथाम गर्ने महाअभियानमा आफ्नो तर्फबाट गरिएको सानो सहयोग फलदायी हुने पनि विश्वास लिएको छ । रासस

Advertisement

Advertisement

Advertisement