निर्माण व्यवसाय विकास परिषद्ले कोरोना उपचारका लागि सबै प्रदेशलाई १३ लाखका दरले सहयोग गर्ने

Advertisement

काठमाडौँ । निर्माण व्यवसाय विकास परिषद्ले कोभिड-१९ को सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि सबै प्रदेशलाई रु. १३ लाखका दरले सहयोग गर्ने निर्णय गरेको छ ।

परिषद्का अध्यक्षसमेत रहनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशस्तरीय कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा रु ९१ लाख दिने निर्णय गरेको हो ।

परिष्दले यसअघि कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड उपलब्ध गराइसकेको परिषद्का सदस्य सचिव गोपालप्रसाद सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । परिषद्मा नेपाल निर्माण व्यवसायी महासङ्घसहित निर्माण व्यवसायसँग सम्बन्धित मन्त्रालय र निकायका प्रतिनिधि रहेका छन् ।

Advertisement

Advertisement

Advertisement