प्रदेश २ को कोरोना राहत कोषमा यी १२ बैंक तथा वित्तीय संस्थाले जम्मा गरे सहयोग रकम

Advertisement

जनकपुरधाम । प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री सचिवालयका अनुसार सो कोषमा रु एक करोड ७८ लाख ५० हजार सहयोग रकम जम्मा भएको छ ।

सो कोषमा सिभिल बैंंक, मेगा बैंक, गण्डकी विकास बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक लिमिटेड र कृषि विकास बैंकले सहयोग रकम जम्मा गरेका हुन् ।

त्यस्तै सहयोगी विकास बैंक, लक्ष्मी बैंक, एनसीसी बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, भाटभटेनी र नेपाली काँग्रेसले सहयोग रकम कोषमा जम्मा गरेको छ । कोषमा ग्रामीण विकास लघु वित्तीय संस्थाले पनि सहयोग रकम जम्मा गरेको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement