सनराइज बैंकले अनलाइन माध्यमबाट सार्वजनिक गर्यो वि.सं २०७७ सालको क्यालेन्डर

Advertisement

काठमाडौँ । सनराइज बैंकले वि.सं २०७७ सालको क्यालेन्डरको सार्वजनिक गरेको छ । बैंकले डिस्कभरिङ नेपाल विषयवस्तुसहित नयाँ वर्षको क्यालेन्डर सार्वजनिक गरेको हो ।

क्यालेन्डरमा बैंकले नेपालका सातै प्रदेशकका १२ वटा विभिन्न अन्वेक्षित र अन्वेषण नगरिएका स्थलहरू समावेश गरेको छ, जसले आजीवन अनुभव सिर्जना गर्ने बैंकले विश्वास लिएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएको र नेपालमा पनि केहि मानिसमा देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्दै क्यालेन्डरलाई डिजिटल माध्यम मार्फत आफ्ना ग्राहकहरुसम्म पुर्याउने निधो गरेको छ ।

बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल क्यालेन्डर इमेल र भाइबर मार्फत प्रदान गर्ने व्यवस्था समेत गरेको छ । लकडाउन र वर्क फ्रम होमलाई मध्यनजरमा राखी उक्त क्यालेन्डर बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र व्यवस्थापन समितिका सदस्यहरुले भिडियो कन्फ्रेरिङ मार्फत सार्वजनिक गरिएको हो ।

सर्वसाधारणले क्यालेन्डर बैंकको बेवसाइटवाट हेर्न र डाउनलोड गर्न सकिने छन् ।

Advertisement

Advertisement

Advertisement