चौतर्फी विरोधपछि स्वास्थ्यकर्मीको तलव काट्ने निर्णयबाट पछि हट्यो सरकार

Advertisement

काठमाडौँ । चौतर्फी दबाबपछि स्वास्थ्यकर्मीको तलव काट्ने तयारीबाट सरकार पछि हटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको तलब नकाटिएको बताएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सरकारी तलव सुविधा लिनेको तलव कट्टा गर्ने निर्णयपछि संकटको बेला अहोरात्र खटिएका उनीहरुको तलव नकाट्न सरकारलाई चर्को दबाब परेको थियो । कोभिड १९ बारे जानकारी दिन शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले मन्त्रिपरिषद्ले विभिन्‍न तहका कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरे पनि मन्त्रालयले निर्देशन जारी नगरेको बताए ।

उनले तलब कट्टा नगरिएको भन्दै उच्च मनोबलका साथ काम गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे। गत चैत ११ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीहरुको ३ देखि ७ दिनसम्मको तलब कट्टा गरेर कोरोना कोषमा राख्ने निर्णय गरेको थियो । साँसद कोषको अबौं रुपियाँ सही सदुपयोग हुन नसक्ने भन्दै सामाजिक सञ्जालमा जनताहरुले साही रकम कोरोना नियन्त्रणका लागि खर्च गर्न सुझाव दिँदै आएका छन् । धेरै विज्ञहरुको सुझाव पनि साँसद कोषको २२ अर्ब रुपियाँभन्दा बढि रकम कोरोना रोकथामका लागि प्रयोग गर्न सुझाव दिएका छन् ।

स्वास्थ्यकर्मीको तलव कट्टा नहुने भए पनि सुरक्षाकर्मीको तलव कट्टा नहुने कुराको अझै सुनिश्चितता हुन सकेको छैन् ।
कोभिड १९ महामारीविरुद्ध फ्रन्टलाइनमा रहने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले काम गर्दै आएका छन् ।

Advertisement

Advertisement

Advertisement