कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो, अमेरिका सबैभन्दा बढि पीडित

Advertisement

काठमाडौँ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभर एक लाख दुई हजार ७३४ जनाको मृत्यु भएको छ भने १६ लाख ९९ हजार ६३१ जना संक्रमित भएका छन् ।

हालसम्मको तथ्यांकअनुसार तीन लाख ७६ हजार १८४ जना निको भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा पीडित हुने मुलुकमा अमेरिका देखिएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या पनि इटालीमा भन्दा अमेरिकामा बढि हुन लागेको छ । इटालीमा मृत्यु हुनेको संख्या १८ हजार ८४९ रहेको छ भने अमेरिकामा १८ हजार ७४७ पुगेको छ ।

जबकी अमेरिकामा सक्रिय कोरोना संक्रमितको संख्या चार लाख ५६ हजार भन्दा बढि छ भने इटालीमा ९८ हजार मात्रै रहेका छन् । कोरोना भाइरस सुरुमा देखिएको चीनमा ४६ जना नयाँ संक्रमित देखिएका छन् । तर त्यहाँ कोरोना संक्रमितको संख्यामा कमी आएर एक हजारमा सीमित भएको छ ।

विश्वका २१० मुलुकमा फैलिएको कोरोना संक्रमण नेपालमा पनि देखिएको छ । नेपालमा ९ जना कोरोना संक्रमित भेटिएको पुष्टि भएको छ भने हालसम्म कसैको मृत्यु भएको छैन

Advertisement

Advertisement

Advertisement