अब कनेक्ट आईपीएसमार्फत नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्न सकिने

Advertisement

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा शुल्क (प्रिमियम) विभिन्न विद्युतीय भुक्तानी प्रणालीबाट भुक्तानी सुविधा हुँदै आएकोमा अब कनेक्ट आइपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने भएको छ ।

कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसीबसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने छ । कम्पनीको शाखा तथा उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीले अब सहज र सरल तरिकाबाट कनेक्टआईपीएसमार्फत जुनसुकै समयमा अनलाइन भुक्तानी गर्न सकिनेछ ।

नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यसअघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा, प्रभु पेबाट अनलाइन भुक्तानी भइरहेको नेपाल लाइफले जनाएको छ । त्यस्तै फोन पेमार्फत आप्mनो बैंक खाता कनेक्ट गरेर र नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङमार्फत अनलाइन भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ ।

नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement