वीरगञ्जमा तीन नयाँ कोरोना भाइरस संक्रमित भेटिए, सबै भारतीय

Advertisement

हेटौंडा । कोरोना भाइरस (कोभिड १९) संक्रमणको आशंकामा स्वाब परीक्षणका लागि काठमाडौं पठाइएकोमा तीन जनाको रिपोर्ट पोजेटिभ आएको छ । भारतबाट वीरगन्ज आएका उनीहरुलाई कोरोना संक्रमणको आशंकापछि नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

हेटौंडाको कोरोना ल्यावमा कोरोना भाइरस पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएको थियो । काठमाडौंको परीक्षणमा पनि उनीहरुको रिपोर्ट पोजेटिभ आएको प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले पुष्टि गरे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरिसकेको छैन् ।

हेटौंडाबाट पठाइएको तीनै जनामा कोरोना संक्रमण देखिएको जानकारी काठमाडौंबाट आएको भन्दै दुलालले कोरोना संक्रमित देखिएका सबै भारतबाट आएका मुस्लिक धर्म प्रचारकहरु भएको बताए । हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ देखिएको थियो । तर पोजेटिभ हो वा होइन ? भन्ने प्रष्ट हुन नसकेपछि थप निर्क्योल गर्नका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका २, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका ३ जना भारतीयलाई शुक्रबार दिउँसोदेखि नारायणी अस्पतालको आइसोलेसन कक्षमा राखिएको थियो । बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिदका २४ जना धार्मिक गुरु नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरुको स्वाब संकलन गरि बागमती प्रदेशको हेटौंडामा रहेको कोरोना परिक्षण प्रयोगशालामा पठाएका थिए ।

स्थानीयका अनुसार विगत डेढ साता अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए। बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको दाबी गरेका थिए । हेटौंडामा मकवानपुर, सिन्धुली, बारा, पर्सा र रौतहटबाट स्वाब ल्याएर परीक्षण भइरहेका छन् । हेटौंडामा कोरोना परीक्षणका लागि पीसीआर मेसिन सञ्चालनमा ल्याइएको थियो।

Advertisement

Advertisement

Advertisement