बेलायतमा अर्का भूपू गोर्खा सैनिकको कोरोनाका कारण मृत्यु

Advertisement

लण्डन । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोर्खा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको हो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसँग बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।

राजधानी दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement