राष्ट्रिय वाणिज्य बैंकको सीईओ पदमा दोश्रो कार्यकालका लागि किरणकुमारले गरे पदबहाली

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा किरणकुमार श्रेष्ठले अर्को एक कार्यकालका लागि आज पद वहाली गरेका छन् ।

सीईओ श्रेष्ठलाई सञ्चालक समितिले चैत २९ गतेदेखि लागु हुने गरी अर्को एक कार्यकालको लागि पुनः नियुक्त गर्ने निर्णय यसअघि नै गरेको थियो ।

सीईओ पदमा पदबहाली गर्दै आज उनले बैंकको आव २०७७/७८ को बजेट तर्जुमा गर्ने निर्णय गरे । बैंकले ७७ जिल्लामा २४० वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement