एनसेलले तिर्यो सबै लाभकर, आजै बुझायो १४ अर्ब ३३ करोड

Advertisement

काठमाडौँ । एनसेलले सरकारलाई तिर्न बाँकी सबै पुँजीगत लाभ कर चुक्ता गरेको छ। एनसेलले आज ठूला करदाता कार्यालयमा १४ अर्ब ३३ करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको जनाएको छ ।

एनसेलका अनुसार यसअघि २ पटकमा ९ अर्ब १० करोड रुपैयाँ पुँजीगत लाभकर तिरेको थियो भने आज थप १४ अर्ब ३३ करोड रुपैयाँ तिरेको हो । उसले लाभकर र जरिवानासमेत गरी गरी जम्मा २४ अर्ब ४३ करोड रुपैयाँ चुक्ता गरेको ठूला करदाता कार्यालयले जनाएको छ ।

सर्वोच्च अदालतको भदौ ९ गते एनसेलले २१ अर्ब १० करोड लाभकर तिर्ने गरी फैसला गरेको थियो । सोही अनुसार एनसेलले आज तिर्नु पर्ने सबै कर चुक्ता गरेको हो ।

Advertisement

Advertisement

Advertisement