कोरोना उपचार कोषमा सन् नेपाल लाइफ र कर्मचारीहरुबाट ३० लाख योगदान

Advertisement

काठमाडौँ । नेपाल सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सबै कर्मचारीहरुबाट रु. १९ लाख १ हजार एवम् कम्पनीको तर्फबाट रु. ११ लाख गरी जम्मा ३० लाख १ हजार रुपियाँ योगदान गरिएको छ ।

उक्त रकम सन् नेपाल लाईफ इन्स्योरेन्सका महाप्रबन्धक कमलराज गौतम तथा प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले कोषका प्रमुख राजेन्द्र पौडललाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद सिंहदरवारमा आज हस्तान्तरण गरेका हुन् ।

उक्त सहयोग रकमबाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement