कर्मचारीको सेवा सुबिधाको ग्यारेन्टी गर्न नेपाल वित्तीय संस्था कर्मचारी संघको ध्यानाकर्षण

Advertisement

काठमाडौँ । नेपाल वित्तीय संस्था कर्मचारी संघले सबै कर्मचारीहरुको तलब लगायतका सम्पूर्ण सेवा सुबिधाको ग्यारेन्टी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

संघका केन्द्रीय अध्यक्ष पदमराज रेग्मी र महासचिव हरिराज खरेलले आज विज्ञप्ति प्रकाशित गरी ध्यानाकर्षण गराएका हुन् ।

संघले संस्थाको काममा खटिएका कुनै कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भए सुबिधा सम्पन्न अस्पतालमा उपचारको व्यवस्था गर्नु पर्ने, मृत्यु भएका परिवारलाई ५० लाख रुपियाँ राहतको व्यवस्था गर्नु पर्ने र यस्तो विषय अवस्थामा पनि सेवा प्रदान गर्ने कर्मचारीलाई ग्रेड बृद्धी, पुरस्कार र विदेश भ्रमणको व्यवस्था गर्नु पर्ने जस्ता विषयमा ध्यानाकर्षण गराएको छ ।

संघद्वारा प्रकाशित विज्ञप्ति हेर्न यहाँ क्लिक गर्नुहोस्:

 

Advertisement

Advertisement

Advertisement