काठमाडौँ । सनराइज बैंकको प्रदेश ५ को प्रादेशिक कार्यालयले व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) २५ थान प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई औपचारिक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।
साथै चैत २८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान संस्थान, धरानका प्राध्यापक डा. गौरीशंकर शाहलाई बैंकका प्रदेश १ का प्रादेशिक कार्यालयको प्रमुख विबेक निरौलाले ३३ थान पीपीई हस्तान्तरण गरेका थिए ।
प्रादेशिक कार्यालयका प्रमुख निरौलाले विपत्तिको समयमा राज्यलाई सहयोग गर्नु बैंकको सामाजिक उत्तरदायित्व भएको बताउँदै कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) प्रदान गरेको बताए ।
हालसम्म सनराइज बैंकले विभिन्न अस्पतालमा ५०० वटा भन्दा बढी पीपीई उपलब्ध गराई सकेको छ ।