बागलुङकी अर्की एक महिलामा कोरोना संक्रमण, थप पुष्टिका लागि पुनः परीक्षण गरिँदै

Advertisement

बागलुङ । कोरोना भाइरस संक्रमणको दृष्टिले बढि जोखिमपूर्ण मानिएको बागलुङमा अर्की एक महिलामा कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ । यसअघि दुई जनामा संक्रमण देखिएको बागलुङमा द्रुत परीक्षण (र्‍यापिड डाइगोनोस्टिक टेष्ट) गर्दा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको हो ।

समाचार अनुसार जिल्लाको काठेखोला गाउँपालिकामा आइतबार ५७ जनाको द्रुत परीक्षण गरिएको थियो । ती मध्ये काठेखोला–६ की ६५ वर्षीया महिलामा कोरोना संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित महिलालाई गाउँपालिकाकै क्वारेन्टाइनमा राखिएको छ । काठेखोला गाउँपालिका सदस्य टीकासंगम बिकका अनुसार उनी केही साताअघि गाउँलेसँग मिलेर भारतको तीर्थयात्रा गएकी थिइन् ।

कोरोना पोजेटिभ देखिएको महिलाको थप परीक्षण गर्न उनको स्वाब संकलन गरी पोखरा वा काठमाडौं पठाउने पठाइएको छ भने संक्रमितको परिवार र उनीहरुसँग सम्पर्कमा आएका अन्य व्यक्तिहरुलाई क्वारेन्टाइनमा राख्न सुरक्षाकर्मीसहितको टोलीलाई सम्वन्धित गाउँपालिका पठाइएको स्थानीय प्रशासनले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement